काठमाडौं । सेयर बजारमा सामान्य उतार चढाव भएपनि कारोबार रकममा भने उल्लेख्य प्रगति देखिएको छ ।
उपत्यकामा निषेधाज्ञा जारी भएसँगै दोस्रो बजारको कारोबार अनलाइनबाटै भइरहेको छ ।
अनलाइनबाट कारोबार गर्न समस्या छ भनेर लगानीकर्ताले भनेपनि अहिले कारोबार रकम हेर्दा उल्लेख्य नै देखिएको छ ।
बजार मापन गर्ने सूचक ९.३४ अंकले बढेर १४४०.९४ बिन्दुमा रोकिएको छ । १८९ कम्पनीको ३८ लाख ४० हजार ६९१ कित्ता सेयर १ अर्ब ८५ करोड ५१ लाख ८० हजार ५१० रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा टे«डिङ, उत्पादन तथा प्रशोधन र म्यूचुअल फण्डको उपसूचकमा गिरावट आएको छ भने अन्य सबै समूहको उपसूचकमा सुधार आएको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २८ करोड ७४ लाख ५ हजार ८९८ रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र सूर्य लाइफ इन्स्योरेन्स रहेको छ । कारोबारमा लगानीकर्ताको ध्यान जीवन तथा निर्जीबन बीमा कम्पनीमा बढी देखिएको छ ।
जीवन बीमा कम्पनीको उपसूचक १५१.७३ अंकले बढेको छ भने निर्जीबन बीमा समूहको उपसूचक ३२.२६ अंकले बढेको छ ।
SHARE YOUR THOUGHTS