केवाइसी अपडेट गर्न लगानीकर्ता ब्रोकर कार्यालय जान नपर्ने « Eglish Khabarhub

केवाइसी अपडेट गर्न लगानीकर्ता ब्रोकर कार्यालय जान नपर्ने



काठमाडौं । अब सेयर लगानीकर्ता केवाईसी अपडेट गर्नका लागि र नयाँ अनलाइन सेवा लिनका लागि ब्रोकर कार्यालयमा जान नपर्ने भएको छ ।

उपत्यकामा फैलिएको कोरोना भइरसको कारण सरकारले जारी गरेको निषेधाज्ञाको समयमा लगानीकर्ताले घरमा नै बसेर अनलाइबाट केवाइसी अपडेट गराउन सक्ने भएका छन् ।

नेप्सेको प्रवक्ता मुराहरी पराजुलीको अनुसार लगानीकर्ताले केवाईसी भर्ने, ब्रोकरसँग सम्झौता गरेर अनलाइन सेवा लिनका लागि लगानकिर्ताले ब्रोकर कार्यालयमा जानुपर्ने बाध्यता थियो । अब ब्रोकर कार्यालयमा नै नगई अनलाइनबाट नै यो सेवा लिन सकिने भएको छ ।

योसँगै लगानीकर्ता अब ब्रोकर कार्यालयमा जानु नपर्ने भएको छ । अब केवाइसी अपडेटका काम टिएसएसबाट नै गर्न सकिने भएको छ । अनलाइन कारोबारको लागि पनि अब ब्रोकर कार्यालयमा जान नपर्ने भएको हो ।

लगानीकर्ताहरुले अनलाइनबाट कारोबार गर्न ब्रोकर कार्यालयमा जानु पर्ने र यो समयमा त्यो सम्भव नहुने गुनासो गर्दै आएका थिए । त्यो गुनासो नेप्सेले समाधान गरेको छ ।

टिएमएसको स्क्रिनबाट ‘लग इन’ गर्ने ठाँउमा रहेको नयाँ रजिष्ट्रेसनमा लगिन गरेर केवाईसी, बैंक डिटेल भरेपछि रजिष्ट्रेसन गर्न सकिने उनको भनाइ छ । यो भयो भने ब्रोकर कार्यालयमा जान पर्ने छैन । अनलाइनबाट नै यूजर लिने सकिने भएको छ ।

लकडाउनको समयमा लगानीकर्ताले अनलाइनबाट नै फर्म भरेपछि ब्रोकरले अप्रुभ गरेपछि घरबाट नै अनलाइन यूजर लिन सकिने छ ।

अनलाइन सेवा लिनको लागि लगानीकर्ता कुनै न कुनै रुपमा अफिसमा आओस भन्ने चाहना राखेका थिए । अब लगानीकर्ताले घरबाट नै काम गर्न सक्ने भएका छन् ।

अब ब्रोकरले भेरिफाइ गरे मात्रै पुग्नेछ । आवश्यक कागजात अपलोड गरेको खण्डमा अनलाइन सेवा लिन पाइने भएको छ ।

Publish on: