काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई लाभांश दिने भएको छ ।
संस्थाले लगानीकर्तालाई आर्थिक वर्ष २०७६-०७७ को संचित मुनाफाबाट १३.६८४२ प्रतिशत लाभांश दिने भएको छ ।
संस्थाले ९.५० प्रतिशत बोनस र ४.१८४२ प्रतिशत नगद लाभांश दिने भएको छ ।
संस्थाको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
SHARE YOUR THOUGHTS