काठमाडौं । एनआरएनए इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर कारोबारमा सेयर बिक्री गर्नेको संख्या शुन्य रहेको छ ।
बिहीबारको कारोबारमा एनआरएनएको ४ लाख २० हजार ८४ कित्ता सेयर खरिदका लागि लगानीकर्ता तयार रहेपनि बिक्रीमा भने कुनै पनि लगानीकर्ता देखिएका छैनन् ।
एनआरएनएको ३६५ रुपैयाँ प्रति कित्तामा १ हजार ७१० कित्ताका लागि आवेदन परेकोे छ भने ३६६, ३७६, ३६८ र ३६९ रुपैयाँमा बाइ गरेका छन् । ३६९ रुपैयाँमा ३ लाख ६३ हजार ९९९ कित्ता बाइ गर्न खाजेको देखिएको छ ।
तर सेल गर्ने लगानीकर्ता कोहीपनि भेटिएइको छैन । एआरएनएको सेयर मूल्य ९.८२ प्रतिशतले बढेर ३६९ रुपैयाँ पुगेको छ । यो दिनको कारोबारमा सेयर मूल्य ३३ रुपैयाँले बढेको छ ।
SHARE YOUR THOUGHTS