काठमाडौं । यो साताको अन्तिम दिन सेयर बजार मापन गर्ने सूचक ४ अंकले घटेर परिसूचक १४८५.०४ बिन्दुमा रोकिएको छ । सेयर बजारमा ४ अंकको गिरावट आएपनि कारोबार रकम भने आशा लाग्दो नै रहेको छ । यो दिनको कारोबार झण्डै २ अर्बको हाराहारीमा रहेको छ ।
१८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता सेयर १ अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपैयाँको सेयर किनबेच भएको छ । सेयर कारोबारमा निर्जीबन बीमा कम्पनी, उत्पादन तथा प्रशोधन र जीवन बीमा कम्पनीको उपसूचकमा मात्रै सुधार देखिएको छ । बाँकी समूहको उपसूचकमा गिरावट आएको छ ।
यो दिनको कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २३ करोड १२ लाख ९४ हजार ३२९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट रहेका छन् ।
SHARE YOUR THOUGHTS