काठमाडौं । इ–कमर्स प्लेटफर्म अमेजनका मालिक जेफ बेजोसको सम्पत्ति बढेर २०० अर्ब अमेरिकन डलर पुगेको छ ।
विश्वका अर्बपतिको सूचीमा सबैभन्दा अगाडि छन् । अमेजनका प्रमुख कार्यकारी अधिकृत समेत रहेका बेजोसको सम्पत्ति एकाएक बढेर २०० अर्ब डलर पुगेको सीएनएनले जनाएको छ । बेजोस १०० अर्ब डलर सम्पत्ति पुग्ने पहिलो व्यक्ति समेत हुन् ।
बेजोसले सन् १९९४ मा अमेजन कम्पनी स्थापना गरेका थिए । अनलाइनमा विभिन्न माल वस्तुको कारोबार गर्ने उनको कम्पनीको पछिल्लो ३ महिनामा नै सेयर बजारमा २५ प्रतिशतले वृद्धि भएको हो ।
सन् २०१७ देखि लगातार उकालो लागेका बेजोसको सम्पत्ति गत महिना मात्रै १ खर्ब ७२ अर्ब डलरबाट एकाएक बढेर २ खर्ब २ अर्ब डलर पुगेको थियो ।
लगातारको वृद्धिसँगै २ खर्ब डलर बढी सम्पत्ति हुने र नयाँ इतिहास बनाउने व्यक्तिका रुपमा उनी स्थापित भएका छन् ।
फोब्र्स तथा ब्लुमवर्ग बिलियनिर इन्डेक्सका अनुसार विश्वका सर्वाधिक धनी व्यक्ति बेजोसको सम्पत्तिमा एकैदिन ४ अर्ब ९० करोड डलरले बढेको थियो ।
अमेजन कम्पनीको प्रमुख कार्यकारी अधिकृत बेजोससँग एरोस्पेस कम्पनी ब्लु ओरिजिन तथा वासिङ्टन पोष्टलगायतको समेत सेयर स्वामित्व छ ।
कम्पनीमा बेजोस एक्लैको ९० प्रतिशत बढी सेयर रहेको छ । सन् २०२० को जनवरी १ मा झण्डै सवा खर्ब डलर सम्पत्तिका मालिक रहेका बेजोसको सम्पत्ति ८ महिनामा नै बढेर २ खर्ब डलर माथि पुगेको हो ।
१ खर्ब १५ अर्ब डलर मात्र सम्पत्ति भएका बेजोसको सम्पत्ति २ खर्ब डलर नाघेको हो ।
विश्वका दोस्रो धनी व्यक्ति विल गेट्सको भने बेजोसको तुलनामा ८४ बिलियन डलर कम सम्पत्ति छ ।
SHARE YOUR THOUGHTS