काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा आवेदन दिने लगानीकर्ता मध्ये २० हजार ५०९ जनाले सेयर नपाउने भएका छन् ।
इन्स्योरेन्सले सर्वसाधारणको लागि ५६ लाख ७० हजार कित्ता सेयर जारी गरेको थियो ।
जसमा ५ लाख ८७ हजार ५०९ जना सेयर पाउन योग्य देखिएका छन् । बाँकी रहेका १ हजार ९५५ वटा आवेदन रद्ध भएको बिक्री प्रबन्धक सानिनमा क्यापिटलले जनाएको छ ।
रिलायन्सकाे आईपीओमा ५ लाख ८९ हजार ४ सय ६४ वटा आवेदन परेको छ ।
SHARE YOUR THOUGHTS