ipoकाठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ ८ हजार ७० जनाले पाउने भएका छन् ।
बिक्री प्रबन्धक शिद्धार्थ क्यापिटलका अनुसार उक्त सेयरमा परेको आवेदन मध्ये ५ लाख ४७ हजार ३७० जना लगानीकर्ता सेयर पाउन योग्य देखिएका थिए । योग्य आवेदकबाट गोलाप्रथा गर्दा ८ हजार ७० जना आवेदकले सेयर पाउने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
समाजको आईपीओ पाउनबाट ५ लाख ३९ हजार ३ सय जना लगानीकर्ता बञ्चित हुने भएका छन् । समाजको आईपीओ बाँडफाँडको सबै प्रकृया सकिएको र धितोपत्र बोर्डको अनुमति बाँकी रहेको छ । बोर्डले अनुमति दिए आजै, आज नभ्याए आईतबारसम्म आईपीओको बाँडफाँड हुने भएको छ ।
लघुवित्तले भदौ ४ देखि ८ गतेसम्म आइपिओ निश्काशन गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँका दरले ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमा १ हजार कित्ता कर्मचारी, ४ हजार ३०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो ।
सर्वसाधारणले ८० हजार ७०० कित्ताका लागि बिक्री गरेको थियो । आइपीओमा ५ लाख ६४ हजार १३८ जना आवेदकले १ करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरका लागि आवेदन दिएका छन् । समाजको आईपीओमा माग भन्दा १४८ गुणा बढी आवेदन परेको छ ।
SHARE YOUR THOUGHTS