यसरी हेर्न सकिन्छ रिलायन्स लाइफको आईपीओको रिजल्ट « Eglish Khabarhub

यसरी हेर्न सकिन्छ रिलायन्स लाइफको आईपीओको रिजल्ट



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) को बाँडफाँड सकिएको छ ।

आइपीओको गोलाप्रथाबाट बाँडफाँड गरिएको हो । यसको नजिता मेरो सेयरबाट थाहा पाउनको लागि ४ घन्टा समय लाग्ने भएको छ ।

सेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार ४ घन्टा पनि लगानीकर्ताले आफूलाई सेयर परेको वा नपरेको भनेर मेरो सेयरबाट थाहा पाउन सक्नेछन् ।

इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आवेदनकर्तामध्ये २० हजार ५०९ जनाले सेयर नपाउने भएका छन् ।

इन्स्योरेन्सले सर्वसाधारणको लागि ५६ लाख ७० हजार कित्ता सेयर जारी गरेको थियो ।

जसमा ५ लाख ८७ हजार ५०९ जना सेयर पाउन योग्य देखिएका छन् । बाँकी रहेका १ हजार ९५५ वटा आवेदन रद्ध भएको रिलायन्सको आईपीओमा ५ लाख ८९ हजार ४ सय ६४ वटा आवेदन परेको थियो ।

Publish on: