अढाई करोड पुगे कोरोना संक्रमित, अमेरिकामा झण्डै २ लाखको मृत्यु « Eglish Khabarhub

अढाई करोड पुगे कोरोना संक्रमित, अमेरिकामा झण्डै २ लाखको मृत्यु


१४ भाद्र २०७७, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमितहरुको सङ्ख्या २ करोड ५० लाखभन्दा बढी भएको छ ।

जोन हकिङ्गस विश्वविद्यालयले आइतबार दिएको जानकारी अनुसार विश्वभरी कुल सङ्क्रमितको संख्या २ करोड ५० लाख नौ हजार २५० पुगेको हो ।

कुल सङ्क्रमितमध्ये ८ लाख ४२ हजार ७०२ जनाको कोरोनाका कारण मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ ।

मृत्यु भएकामध्ये सबैभन्दा धेरै अमेरिकी रहेको पनि विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी सङ्क्रमित हुनेहरुमा पनि अमेरिकीहरु नै सबैभन्दा धेरै रहेका छन् ।

पछिल्लो विवरण अनुसार अमेरिकामा ६१ लाख ३९ हजार ४६६ जना सङ्क्रमित भएका छन् भने १ लाख ८६ हजार ८५७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३८ लाख ४६ हजार ९६५ जना सङ्क्रमित हुदाँ एक लाख २० हजार ४९८ जनाको मृत्यु भएको छ ।

त्यस बाहेक धेरै सङ्क्रमित भएका देशहरुमा क्रमशः भारत, रुस, पेरु, दक्षिण अफ्रिका, कोलम्बिया, मेक्सीको, स्पेन र चिली रहेका छन् । यद्यपि मृत्यु सङ्ख्या भने अमेरिका, ब्राजिलपछि मेक्सिको धेरै रहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार ००:००  ६ : ४६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping