आइएमईले पुर्याउँदै छ घर–घरमा रेमिटेन्सको सुविधा « Eglish Khabarhub

आइएमईले पुर्याउँदै छ घर–घरमा रेमिटेन्सको सुविधा


१५ भाद्र २०७७, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौ । आइएमईले रेमिटेन्स सेवा घर–घरमा पुर्याउँने भएको छ ।

आइएमईले कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिकाबीच विदेशबाट पठाएको रकम प्राप्तगर्न आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदार (एजेन्टपार्टनर) प्रत्यक्ष सहभागितामा आफ्नो डिजिटल वालेट सुविधाआइएमई पे मोबाइल वालेट एपलाई पनि सशक्तबनाई रेमिटेन्सको सुविधा सिधै वालेटमा प्राप्त गर्ने व्यवस्था सुरु गरेको छ ।

यो सुविधाअन्तर्गत आफुलाई स्वदेश वा विदेशबाट आएको रकम प्राप्तगर्न आइएमई पे वालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गर्नुपर्दछ । त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्दछ । प्रकृया अनुसार आफ्नो वालेट पीन दाखिला गरी आफ्नो रकमको अवस्था एकिन गर्न सकिने छ ।

यदि तपाईंलाई पठाएको रकम आइएमई पे एपमा नै प्राप्त गर्नुपर्ने भएको खण्डमा ‘रिसिभ’ बटम थिची आफ्नै वालेटमा प्राप्तगर्न सकिने छ । त्यसका अतिरिक्त ‘नियर बाइ एजेन्ट’मा थिची आफुँलाई पायक पर्ने आइएमई काउन्टरबाट पैसा लिन सकिन्छ । यो सुविधा प्राप्तगर्न आइएमई पे एप डाउनलोड हुनुका साथै केवासी अध्यावधिक भएको हुनुपर्दछ ।

आइएमईले आइएमई पे मोबाइलवालेट एपबाट नेपालभित्र रहेका नेपालीलाई आफ्नो घर, आफ्नै कोठाबाट नै रेमिटेन्सको रकमप्राप्तगर्ने सुविधादिँदै आइरहेको छ । सो रकमयसरी आफ्नो मोबाइलवालेटमा रहँदासम्म उक्त रकमको ब्याज ५० रुपैयाँ सम्मको बोनस पनिप्राप्त हुन्छ ।

भौतिक दूरी कायम गरी समुदायस्तरमा कोभिड–१९ रोग नफैल्यााउन हाल सबैको जिम्मेवारी भएको छ । यस्तो बेलामा रकम त आवश्यक पर्छ नै, तर त्यसलाई कसरी प्राप्तगर्ने भन्ने ठूलो मर्का सेवाग्राहीहरूलाई अवश्यपनि पर्न जान्छ । यस्तो विषम परिस्थितिमा आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनरहरू) ले आइएमई पे वालेटको मद्दतले घरैमा रेमिटेन्स सेवा उपलब्ध हुनेछ ।

परिस्थिति सामान्यहुँदै गएको खण्डमा आफ्नो मोबाइल वालेटबाट पैसा सजिलै झिक्नपनि सकिन्छ । रकमलिँदै आएको एजेन्टकहाँगई सजिलै नगद् लिन सकिन्छ । आइएमई पेमा भएको रकमलाई आफ्नो बैंक खाता वा अन्य कसैको बैंक खातामा पनि पठाउन सकिन्छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार ००:००  ११ : २९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping