काठमाडौं । ग्लोबल आइएमई सम्मुन्नत योजना–१ ले इकाइधनिहरुलाई लाभांश दिने भएको छ ।
योजनाले आर्थिक वर्ष २०७६-०७७ को लाभांशबाट इकाइधनिहरुको लागि ४ प्रतिशत लाभांश दिने भएको छ । त्यसको लागि ४ करोड रुपैयाँ छुुट्याएको जनाएको छ ।
भदौ १४ गते बसेको सञ्चालक समितिको १२० औं बैठकले उक्त लाभांश (प्रतिफल) दिने निर्णय गरेको हो । यसको योजना व्यवस्थापनको काम ग्लोबल आईएमई क्यापिटलले गरेको छ ।
प्रतिक्रिया