ऋण उठाउन वाणिज्य बैंक आक्रामक, बिराटनगरको मंगतुराम समूहका ८७ करोडको सम्पत्ति लिलामीमा « Eglish Khabarhub

ऋण उठाउन वाणिज्य बैंक आक्रामक, बिराटनगरको मंगतुराम समूहका ८७ करोडको सम्पत्ति लिलामीमा



काठमाडौं । लकडाउनको कारण पुरानो ऋणको लिलामी प्रक्रिया अगाडि बढाउन नपाएको राष्ट्रिय वाणिज्य बैंकले ऋण असुलीलाई आक्रामक रुपमा अगाडि बढाएको छ ।

असोज १ देखि धेरै आर्थिक क्रियाकलापहरु सुचारु भएका छन् ।

वाणिज्य बैंकले बिराटनगरको मंगतुराम समूहका कम्पनीको धितो लिलामीको प्रक्रिया अगाडि बढाएको हो ।

मंगतुराम सूहका ९ वटा कम्पनी तथा उनका परिवारका सम्पत्तिको धितो लिलामीको प्रक्रिया अगाडि बढाएको हो । बिराटनगरको प्रतिष्ठित तथा व्यवसायमा आक्रामक ढंगले उदाएको मंगतुराम समूह पूर्ण रुपमा टाट नै पल्टेको छ ।

बैंकको ऋण तिर्न नसकेपछि कर्जा सूचना केन्द्रका समूहका सबैजसो सदस्यलाई कालोसूचिमा राखेको छ ।

समूहका अन्नपूर्ण सोप एण्ड केमिकल,नारायण भेजीटवल ईण्डष्ट्रिज,जयकाली बिष्कुट,दन्तकाली प्याकेजिङ,लक्ष्मी फुटवेयर,अन्नपूर्ण आईरन ईयडष्ट्रिज। घटस्थापना ईण्टरप्राईजेज तथा फुलफाती ईण्टरप्राईजेजको नाममा दिएको एओसीस्,टिएल,बिल्स पर्चेज,हाईपोथिकल औद्योगिक सामान तथा बैंक जमानत विविध शिर्षकमा बैंकले मंगतुराम समूहलाई कर्जा दिएको थियो ।

मंगतुरामको परिवारलाई नेपाल बैंकको ऋण अपचलनको समेत आरोपी छ ।

Publish on: