आशा लघुवित्त वित्तीय संस्थाले १५.७८ % लाभांश दिने « Eglish Khabarhub

आशा लघुवित्त वित्तीय संस्थाले १५.७८ % लाभांश दिने



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई १५.७८ प्रतिशत ब्याज दिने भएको छ ।

संस्थाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने जनाएको छ ।

संस्थाले १५ प्रतिशत बोनस र त्यसको कर तिर्नको लागि ०.७८ प्रतिशत नगद लाभांश दिने भएको छ ।

संस्थाको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएर संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने छन् ।

Publish on: