सेयर बजारमा उछाल, बैंकिङ समूहमा चमक « Eglish Khabarhub

सेयर बजारमा उछाल, बैंकिङ समूहमा चमक



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको उछाल देखिएको छ ।

सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार बजार ३०.७८ अंकले बढेर १५७२.१८ बिन्दुमा पुग्दा बैंकिङ समूहको उपसूचक २८.०७ अंकले बढेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.०२ अंकले बढेर ३१२.५० बिन्दुमा रोकिएको छ । १९१ कम्पनीको १ करोड ३२ लाख १८ हजार ६९९ कित्ता सेयर ३ अर्ब ७२ करोड ७२ लाख २२ हजार १०६ रुपैयाँको सेयर किनबेच भएको छ । याे दिन अहिलेसम्मकै सबैभन्दा बढी कित्ता सेयर काराेबार भएकाे छ ।

कारोबारमा होटल १६१.५१, डेभलपमेन्ट बैंक ६६.०४, जलविद्युत कम्पनी ८८.३८ जीवन बीमा समूहको उपसूचक ४९.८८ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको १३ करोड २३ लाख ५६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल बैंक र चिलिमे हाईड्रोपावर रहेका छन् ।

कारोबारमा हिमाल दोलखा हाईड्रोपावर, रिलायन्स लाईफ,तारागाउँ रिजेन्सी होटल, सोल्टी होटलको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

Publish on: