काठमाडौ । विद्युतीय सवारी साधन दिगोले आफ्नो विद्युतीय सिटी कार ‘दिगो इ८’ को बुकिङ शुरु गरेको छ ।
दिगो इ८ मा आधुनिक र ताजा डिजाइन गरिएको कम्पनीको दाबी छ । यो कार वातावरणमैत्री हुनुका साथै ग्राहकका लागि आधुनिक, नयाँपनको प्रयोगमा अग्रणी र नवोदित कार भएको कम्पनीको दाबी छ ।
कम्पनीले यो बाइक चलाउँदा लाग्ने खर्चले नै विद्युतीय कार चढ्न पाइने समेत दाबी गरेको छ ।
दिगो इ८ को बुकिङ खुला गर्न आयोजित कार्यक्रममा बोल्दै दिगोका सीइओ हेमन्त पुरानिकले दिगो इ८ को लक्ष्य यात्राका लागि आरामदायी तर मोटरसाइकलको भन्दा कम सञ्चालन खर्चमा गुड्ने कारका रुपमा स्थापित गर्नु रहेको बताए ।
यस्ता छन् विशेषता
-दिगो इ८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ (एनइडिसी २०० किलोमिटर) ।
– दिगो इ८ मा थ्री फेज एसिंक्रोनस मोटर छ । जसले प्रभावशाली १८० एनएम टर्क र उच्चतम १५ किलोवाट पावर उत्पादन गर्छ ।
-यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ ।
-दिगो इ८ को ‘हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ ।
– दिगो इ८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ ।
– सामान्य ड्राइभिङ कन्डिसनमा दिगो इ८ लाई एक किलोमिटर गुडाउँदा १ रुपैयाँ ११ पैसा मात्रै बिजुली खर्च हुन्छ ।
SHARE YOUR THOUGHTS