काठमाडौं । लिबर्टी इनर्जी कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत भएको छ ।
कम्पनीको प्रतिकित्ता १ सय रुपैयाँको दरले १ करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको ओपन रेञ्ज १ सय देखि ३ सय रुपैयाँसम्म रहेको छ ।
कम्पनीद्धारा निर्माणाधीन लमजुङ जिल्ला स्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना हाल निर्माणको अन्तिम चरणमा रहेको छ । कम्पनीद्धारा सर्वेक्षण अनुमति पत्र प्राप्त थप २ वटा जलविद्युत आयोजनाहरु समेत सर्वेक्षणको क्रममा रहेका छन् ।
SHARE YOUR THOUGHTS