काठमाडौं । लामो समयदेखि बन्द रहेका होटल तथा रेष्टुराँ खोल्ने सरकारको निर्णयसँगै सौराहका होटल व्यवसायीहरु सरसफाइमा केन्द्रित हुन थालेका छन् ।
जिकिँदै गरेको दशैंमा सौराहमा आन्तरिक पर्यटन बढ्न सक्ने अपेक्षासहित होटल व्यवसायीहरुले सरसफाइमा केन्द्रित भएका हुन् ।
चैतदेखि बन्द भएका होटल तथा रेष्टुराँ गत साउन महिनामा खुलेका थिए । तत्कालिन समयमा आशातितरुपमा पर्यटकको चहलपहल शुरु भए पनि असोजमा भने खासै देखिएको छैन ।
‘साउन महिनामा केही चहलपहल देखिएको थियो तर असोजमा त्यस्तो छैन, केही होटलले १÷२ वटा रुममात्रैमा बुकिङ देखिएको छ, तर दशैं अगाडि बढ्न सक्छ,’ सौराह होटल संघका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।
उनका अनुसार यतिबेला सौराहका होटल व्यवसायीहरुले सीमित कर्मचारीबाटै शुरुमा सरसफाइ गरी तयारी शुरु गरेका छन् । हाल सौराहमा १२० वटा होटल तथा रेष्टुराँमा ५ हजार ५०० बेड क्षमता छ ।
तस्बिरः श्रीधर पाैडेल
SHARE YOUR THOUGHTS