काठमाडौं । पुँजी बजारसम्बन्धी काम गर्न नयाँ आँइटी कम्पनी खुल्ने भएको छ । ब्रोकर, आइटी कम्पनी, बैंक र आइटी क्षेत्रके व्यक्तिको सहभागीतामा ‘क्याप टेक नेपाल’ नामक नयाँ कम्पनी खुल्ने भएको हो ।
नेप्सेले सञ्चालन गरेको सेयर बजारको अहिलेको अनलाइ कारोबार प्रणालीमा विभिन्न समस्या आएपछि त्यसको विकल्पका रुपमा नयाँ कम्पनी खोल्न लागिएको हो ।
अनलाइन प्रणाली र ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा समय समयमा गम्भीर खालका समस्या देखिएपछि धितोपत्र बोर्डले पनि विभिन्न अपजस खेप्नु परेपछि अलीलाई नयाँ कम्पनी ल्याउन अनुमति दिने तयारीमा बोर्ड पुगेको छ ।
स्रोतका अनुसार त्यसका लागि अधिकांश काम पूरा भइसकेको छ । लकडाउनको समयमा बजार बन्द हुँदा नै यसको तयारी शुरु गरिएको थियो ।
बोर्डले अर्थसमितिले गठन गरेको उपसमितिलाई सुझाव पठाँउदा टेक्निकल इन्फ्रास्टक्चर सफ्टवयर कम्प्युटर बलियो हुनुपर्ने सुझाव दिएको थियो ।
नयाँ कम्पनीमा ब्रोकरहरुको ५५ प्रतिशत, रेमिट्यान्स सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेसका सञ्चालक चन्द्र टन्डनको सिटी टेक नाम गरेको टेक्नोलोजी कम्पनीको २० प्रतिशत, बैंकहरुको २० प्रतिशत र आइटी विज्ञको ५ प्रतिशत स्वामित्व रहने छ ।
उक्त कम्पनीले पुँजीबजारसँग सम्बन्धित आईटीको सबै सिस्टमको काम गर्नुका साथै फण्डसँग सम्बन्धित च्यानलिङको काम पनि गर्ने छ ।
स्रोतका अनुसार उक्त कम्पनीले टि प्लस जिरो, क्लियरिङको काम गर्ने तयारीका साथ उक्त कम्पनी दर्ता हुन लागेको हो । यसै साता कम्पनी दर्ताको प्रक्रिया अघि बढ्नेछ ।
हाललाई कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ छ भने पछि २५ करोड रुपैयाँ बनाउने योजना रहेको छ ।
ब्रोकरहरु भने टिएमएसको प्रणालीलाई हेरेर यो कम्पनीतिर आकर्षित भएका हुन् । उनीहरुले टिएमएस लिँदा प्रतिब्रोकर डेढ करोडको हाराहारीमा खर्च गर्नुपर्छ, सबैको ७० देखि ७५ करोडसम्म लाग्ने भएपछि नयाँ कम्पनीले डाटादेखि सबै काम गरिदियो भने आफैं टिएमएस लिनुभन्दा उक्त कम्पनीमा जानु प्रभावकारी हुने ठानेका छन् ।
यता धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले नेप्सेको अनलाइन प्रणालीमा हस्तक्षेप गर्नुका बिकल्प नभएको बताए ।
बोर्डले नेप्सेलाई केही समय यता टि प्लस जिरोमा जान धेरै दबाब दिएको बुझिएको छ । नेप्सेले यो काम तत्काल सम्भव छैन भनेपछि सिडिएससीलाई सहायक कम्पनी खोलेर उक्त काम गर्न भनेको थियो ।
तर, सिडिएससीले कम्पनीले खोलेर लगानीकर्तामा नपुग्ने भन्दै आफूले त्यो काम नगर्ने बताएको थियो । सिडिएससीले पनि नमानेपछि बोर्डले कुनै निजी कम्पनी आउँछ भनिरहेको थियो ।
यता धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७/०७८ को लागि ल्याएको नीति तथा कार्यक्रममा ‘धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणाली टि प्लस २ मा आधारित हुने तथा नेप्सेको कारोबार व्यवस्थापन प्रणाली ९टिएमएस०लाई प्रभावकारी बनाउने व्यवस्था मिलाउने’ भन्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया