काठमाडौं । नक्कली भ्याटबिल बनाउने ठेकेदार कम्पनीलाई राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । विभागले विभिन्न फर्मलाई मुद्दा दर्ता गरेको छ ।
झुट्टा तथा नक्कली भ्याटबिल प्रयोग गरी राजस्व छलि गर्ने चितवन भरतपुर २ स्थित सन्तोषी निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक केशबराज कडेलसमेत ३ जनाबाट ६ करोड २२ लाख विगो असुल गरी जरिवाना र कैद मागदावी लिएर विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।
सन्तोषी निर्माण सेवा प्रालिले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिबृद्धि विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको विभागको अनुसन्धानले देखाएको छ ।
राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ अनुसार प्रवन्ध निर्देशककेशबराज कडेल समेत ३ जनालाई ६ करोड बिगो असुल गर्ने तथा २ वर्ष जेल सजाय माग राखेर मुद्दा दर्ता गरेको छ ।
यस्तै झुट्टा तथा नक्कली मू।अ।कर विजक प्रयोग गरी राजस्व छलि गर्ने ललतिपुर महानगरपालिका स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्स प्रोप्राईटर विरेन्द्र कुमार चौधरी,यति इन्टरनेशनलका प्रोप्रईटर उषा कुमारी चौधरीर रिवाज इन्टरनेशनल संचालक हर्ष चौधरीसमेतबाट ५ करोड ९४ लाख बिगो उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
तीनवटा कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली भ्याटबिल खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको विभागको अनुसन्धानले देखाएको छ ।
यस्तै विभागले झुट्टा तथा नक्कली भ्याटबिल प्रयोग गरी राजस्व छलि गर्ने काठमाण्डौ महानगरपालिका प्लान सप्लायर्सरविग प्लान लाई २५ करोड बिगो मुद्दा दर्ता गरेको छ ।
विग प्लान सप्लायर्सरविग प्लान व्याग उद्योगले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली भ्याटबिल मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको गरेको देखिएको छ ।
SHARE YOUR THOUGHTS