काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । बजारमा भारी गिरावट आउँदा कारोबार रकममा भने खासै गिरावट आएको छैन ।
बजार मापन गर्ने सूचक २२.९१ अंकले घटेर १५४६.१५ बिन्दुमा रोकिएको छ । १९९ कम्पनीको ७८ लाख ३१ हजार ८३९ कित्ता सेयर २ अर्ब ८० करोड ६९ लाख ७७ हजार ६८६ रुपैयाँको कारोबार भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.८४ अंकले घटेर ३०७.३९ बिन्दुमा रोकिएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक २२.३६,विकास बैंक ४०.३, जलविद्युत २४.९१, निर्जीबन बीमा ११२.६६, उत्पादन तथा प्रशोधन ३५.०४, माइक्रोफाइनान्स २३.२४, जीवन बीमा समूहको उपसूचक १०९.४७ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको ३१ करोड ९४ लाख १० हजार ६८३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल बैंक र नेपाल रि-इन्स्योरेन्स रहेको छ ।
यूनाइटेड फाइनान्स, बरुण हाईड्रोपावर, पञ्चकन्या माइ हाईड्रोपावर, तारागाउँ रिजेन्सी होटल, लक्ष्मी उन्नती कोषका लगानीकर्ताले कमाएका छन भने लिबर्टी इनर्जी, घलेम्दी हाईड्रो, यूनाइटेड मोदी हाईड्रो, खानीखोला हाईड्रोपावर, आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS