नबिल बैंकमा गाभिएला युनाइटेड फाइनान्स ? यसो भन्छन्- सीइओ « Eglish Khabarhub

नबिल बैंकमा गाभिएला युनाइटेड फाइनान्स ? यसो भन्छन्- सीइओ


९ आश्विन २०७७, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । चौधरी ग्रुपको बैंकिङ क्षेत्रमा सबैभन्दा लगानी रहेको संस्था हो नबिल बैंक र युनाइटेड फाइनान्स । चौधरी परिवारको युनाइटेड फाइनान्समा व्यक्तिगत र संस्थागत गरेर ३६.३८ प्रतिशत सेयर स्वामित्व छ भने नबिल बैंकमा व्यक्तिगत र संस्थागत गरेर करिब २८ प्रतिशत सेयर स्वामित्व छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष सेयर स्वामित्व रहेको बैंक तथा वित्तीय संस्था मर्जरमा जानु पर्ने उल्लेख गरेको छ । उक्त निर्देशनको पालना गर्ने हो भने चौधरी ग्रुपको सेयर लगानीले नै नबिल बैंक र युनाइटेड फाइनान्सको मर्जर हुने अवस्था छ ।

तर,यसको दुईसंस्थाबीच औपचारिक निर्णय समेत भएको छैन । राष्ट्र बैंकले पनि अहिलेसम्म केही भनेको छैन ।

मर्जरको विषयमा संचालक समितिलाई अख्तियारी रहेको र आफुलाई यसबारेमा जानकारी नभएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।

‘मर्जरको लागि नै भनेर अहिलेसम्म कुनैपनि औपचारीक छलफल भएको छैन,’ उनले क्लिकमाण्डूसँग भने ‘यसबारेमा सञ्चालक समितिले नै निर्णय गर्छ ।’

वित्तीय बजारमा युनाइटेड र नबिलको क्रस होल्डिङ र यसको मर्जरको सम्भावयताकै कारण गत साता युनाइटेडको सेयर मूल्य बढेको थियो । युनाइटेड नबिलमा मर्जर हुने सम्भावना देखेर सेयर बजारमा यसको सेयरको माग र मूल्य बढ्दा पोजेटिभ सर्किट लागेको थियो ।

के छ राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् एउटै व्यक्ति/समूहद्वारा प्रवद्र्धन भएका तथा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व/नियन्त्रणमा रहेका संस्थाहरु र व्यावसायिक सम्बन्ध स्थापित भएका बैंक तथा वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्न/गाभिने निर्देशन दिने उल्लेख गरेको छ ।

केन्द्रीय बैंकको एकिकृत निर्देशिकाको लगानी सम्बन्धी व्यवस्थामा बैंक/वित्तीय संस्था संस्थापना एवम्वित्तीय कारोबार गर्ने इजाजतपत्र सम्बन्धी नीतिगत एवम् प्रक्रियागत व्यवस्थाः २०६३ ले गरेको नीतिगत व्यवस्थामा भनिएको छ– ‘इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने छ ।’

नविलमा चौधरी परिवारको सेयर स्वामित्व

नबिल बैंकमा नै चौधारी परिवारको नाममा ३.११ प्रतिशत संस्थापक सेयर छ । जुन, विनोद चौधरीकी श्रिमती सारिका चौधरीको नाममा ०.७८ प्रतिशत, उनका जेठा छोरा निवाण चौधरीको नाममा ०.८९ प्रतिशत संस्थापक सेयर छ । उनी नवि बैंकका संस्थापकको तर्फबाट सञ्चालक समेत छन् । साथैै, बैंकमा विनोद चौधरीका माइला छोरा वरुण चौधरीको नाममा ०.८५ प्रतिशत र कान्छा छोरा राहुल चौधरीको नाममा ०.५९ प्रतिशत संस्थापक सेयर छ ।

नबिलमा चौधरी ग्रुपको प्रवद्र्धित एनबी इन्टरनेशनलको ५० प्रतिशत सेयर स्वामित्व छ । एनबी इन्टरनेशनलमा ४९ प्रतिशत चौधरी परिवारको लगानी छ, भने ५१ प्रतिशत बंगलादेशी व्यवसायी अब्दुल अवाल मिन्टोको सेयर लगानी छ । एनबी इन्टरनेशनलमा भएको चौधरी परिवारको सेयर विनोद चौधरीका छोराहरु राहुल चौधरी र वरुण चौधरीको नाममा छ ।

युनाइटेड फाइनान्समा चौधरी परिवाको सेयर स्वामित्व

नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको ‘ग’ वर्गको वित्तीय संस्थाको रुपमा स्थापनाको इजाजत पाएको संस्था हो युनाइटेड फाइनान्स कम्पनी । युनाइटेडमा सबैभन्दा बढी लगानी चौधरी परिवारको नै छ ।

कम्पनीको अध्यक्ष हुन् विनाद चौधरीका भाइ बसन्त चौधरी । कम्पनीमा सबैभन्दा धेरै भारतको मुथुत फाइनान्सले २०.७८ प्रतिशत र एमएड्ब्लु इन्टरप्राइजेट ११.८८, राहुल इन्फास्ट्रक्चरले ११.४५ प्रतिशत सेयर लगानी गरेको छ । प्रत्यक्ष रुपमा हेर्दा कम्पनीमा सबैभन्दा धेरै मुथुत फाइनान्सले सेयर लगानी गरेको देखिएपनि वास्तवमा भने चौधरी परिवारको कम्पनीमा ३६.३८ प्रतिशत सेयर स्वामित्व छ ।

कम्पनीमा व्यक्तिगत रुपमा सबैभन्दा धेरै अध्यक्ष समेत रहेका बसन्त चौधरीको नाममा ७.४६ प्रतिशत संस्थापक सेयर छ । साथै, कम्पनीमा अरुण चौधरीको नाममा ११.२३ प्रतिशत र विनोद चौधरीको नाममा ५.४६ प्रतिशत संस्थापक सेयर छ । विनोद, बसन्त र अरुण दाजु भाइ हुन् ।

कम्पनीमा ११.८८ प्रतिशतसेयरमा लगानी गर्ने एमएड्ब्लु इन्टरप्राइजेट विष्णु कुमार अग्रवालको लगानीको हो । उनी युनाइडेडमा एमएड्ब्लुको तर्फबाट सञ्चालक समेत छन् ।

यस्तै, कम्पनीमा संस्थागत रुपमा ११.४५ प्रतिशत लगानी गर्ने राहुल इन्फास्ट्रक्चर भने चौधरी परिवारकै हो । राहुल इन्फास्ट्रक्चरको तर्पबाट प्रतिनिधित्व गर्दै कम्पनीमा रोशन अधिकारी सञ्चालक छन् । तर, राहुल इन्फास्ट्रक्चरको राहुल चौधरी, वरुण चौधरी र निवाण चौधरीको लगानीमा छ । साथै, चौधरी ग्रुपकै सीजी फिन्को प्रा.लिको नाममा ०.७८ प्रतिशत पब्लिक सेयर छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार ००:००  ३ : २२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping