काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जा लिनका लागि आवेदन दिने समय थप गरेको छ ।
नेपाल राष्ट्र बैंकले गत भदौ १ गतेबाट असोज १४ गतेसम्मका लागि एकमुष्ठ पुनरकर्जा आवेदन खुलाएको थियो ।
उक्त अवधिमा बैंक तथा वित्त कम्पनीमा आवश्यक आवेदन प्राप्त नभएको हुँदा केन्द्रीय बैंकले असोज ३० गतेसम्मका लागि आवेदन दिन मिल्ने व्यवस्था मिलाएको हो ।
भदौमा भएको निषेधाज्ञा कारण बैंकहरुमा ऋणीले पुनरकर्जाको आवेदन दिन नपाएको गुनासो सरोकारवालाबाट आएपछि समय थप गरिएको राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।
SHARE YOUR THOUGHTS