काठमाडौं । धितोपत्र बोर्डमा १३ अर्ब ८३ करोड ५२ लाख २१ हजार २४६ रुपैयाँको हकप्रद सेयर पाइपलाइनमा रहेको छ ।
बोर्डका अनुसार उक्त रकम बराबरको १३ करोड ८३ लाख ५२ हजार २१२.४६ कित्ता हकप्रद सेयर पाइलपालाइनमा रहेको छ ।
६ वटा कम्पनीले जारी गर्न लागेको हकप्रदमा सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनीको रहेको छ । कम्पनीले
१.१ अनुपातमा ११ करोड कित्ता हकप्रद जारी गर्नको लागि धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्नको लागि २०७६ असार ३१ गते बोर्डमा अनुमतिको लागि आवेदन दिएको थियो । अहिलेसम्म बोर्डको अनुमति पाएर हकप्रद जारी गर्न सकेको छैन ।
सबैभन्दा लामो समयदेखि बोर्डको पाइपलाइनमा श्री राम सुगर मिल्सको रहेको छ । मिल्सले १ः३ अनुपातमा ८९ लाख ३ हजार ९४९ कित्ता हकप्रद सेयर निष्काशनको निम्ती २०७४ साल वैशाख २८ गते आवेदन दिएको थियो । अहिलेसम्म बोर्डको पाइपलाइनमा नै रहेको छ । तर,कम्पनी भने अब खारेज हुने भइसकेको छ । कम्पनीका संचालकले चलाउन नसकेको भन्दै खारेज गर्ने निर्णय गरेका छन् ।
हकप्रदको पाइपलाइनमा नाग्दी ग्रुप पावरको १०ः३ अनुपातमा १६ लाख ६ हजार ६६४ कित्ताको लागि आवेदन दिएको छ ।
यस्तै नेपाल फाइनान्सले १२५ प्रतिशत हकप्रद सेयर जारी गर्नको लागि बोर्डमा आवेदन दिएको छ ।
फाइनान्सले १ः१.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि हकप्रद जारी हुने छ ।
यस्तै नागरिक लगानी कोषले पनि १ः०.८२८४ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।
कोषमा १०० कित्ता सेयर हुनेले ८२ कित्ता सेयर पाउने छन् । कोषले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद जारी गर्न लागेको हो ।
यस्तै बरुण हाईड्रोपावर कम्पनीले पनि १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्नको लागि बोर्डमा अनुमतिको लागि आवेदन दिएको छ ।
बरुले १ः१ अनुपातमा शत प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । बरुले २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ५१ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसको लागि बोर्डको अनुमति पर्खाइमा रहेको छ ।
Company | Ratio | Number of share | amount |
Sri Ram Sugar Mills Ltd. | 1:03 | 8,903,949.81 | 890,394,981 |
Ngadi Group Power Ltd | 10:03 | 1,606,664.40 | 160,666,440 |
Citizen Investment Trust1:0.8284 | 13,592,592 | 1,359,259,200 | |
Hydroelectricity Investment and Development Company | 1:01 | 110,000,000 | 11,000,000,000 |
Nepal Finance | 01:01.0 | 1,697,506.25 | 169,750,625 |
Barun Hydropower Company | 1:01 | 2,551,500 | 255,150,000 |
Total | 138,352,212.46 | 13,835,221,246 |
SHARE YOUR THOUGHTS