काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ३.१९ अंकले बढेर १५५०.४३ बिन्दुमा रोकिएको छ ।
१९० कम्पनीको ८० लाख १९ हजार ६६१ कित्ता सेयर १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६९४ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा विकास बैंक, जलविद्युत, वित्त कम्पनी र म्यूचुअल फण्डको उपसूचकमा सुधार आउँदा बैंकिङ ४.१७, निर्जीबन बीमा ५१.५५, जीवन बीमा समूहको उपसूचकमा गिरावट आएको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको ११ करोड २४ लाख ३५ हजार १३६ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा अरुण काबेली पावर र नेशनल हाईड्रोपावर कम्पनी रहेको छ ।
कारोबारमा जोशी हाईड्रोपावर र कामना सेवा विकास बैंकको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।
आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाईड्रो, युनियनल हाईड्रोका लगानीकर्ताले कमाउँदा नेपाल फाइनान्स, नाग्दी ग्रुप पावर, पाँचथर पावर कम्पनी, युनाइटेड फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS