पुँजीबजारमा सम्पत्ति शुद्धीकरण कडाइका साथ लागु गर्दै सेबोन, सुपरिवेक्षण म्यानुअल लागू « Eglish Khabarhub

पुँजीबजारमा सम्पत्ति शुद्धीकरण कडाइका साथ लागु गर्दै सेबोन, सुपरिवेक्षण म्यानुअल लागू



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ लागु गरेको छ । उक्त म्यानुअल भोलि (बिहीबार) देखि लागूहुने भएको छ ।

यसले पुँजी बजारमा सम्पत्ति शुद्धीकरण निवारणको काम थप कडाइका साथ हुने भएको छ ।
म्यानुअल लागू भएपछि वोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायीहरुको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी प्रचलित कानूनमा भएको व्यवस्थालाई अझ प्रभावकारी रुपमा अनुगमन एवं निरीक्षण गर्न तथा व्यवसायीहरुको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी काम कारवाही थप नियमित तथा व्यवस्थित हुने बोर्डको तर्क छ ।

अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्नको लागि बोर्डले यस्तो व्यवस्था गरेको जनाएको छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास अनुरुप फाइनान्सियल एक्सन टाक्स फोर्स तथा एशियाप्र शान्त समूह(एपिजी)को मापदण्डहरुलाई समेत आधार मानेर तयार पारेको जनाएको छ ।

धितोपत्र व्यवसायीको स्थलगत तथा गैर स्थलगत सुपरीवेक्षण सम्बन्धी विषय समावेश गरिएको, धितोपत्र व्यवसायीहरुहरुबाट संकलन गरिने परिमाणात्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरुबाट धितोपत्रव्यवसायीको गैर स्थलगत जोखिम मूल्यांकन गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

धितोपत्र व्यवसायीहरुको जोखिम मूल्यांकन धितोपत्रव्यवसायीले प्रदानगर्ने वस्तु तथा सेवा, ग्राहक सम्बन्धीजोखिम, भौगोलिक क्षेत्र सम्बन्धीजोखिम, उच्चपदस्थव्यक्ति सम्बन्धी जोखिम, वितरण माध्यम सम्बन्धी जोखिम, धितोपत्र व्यवसायीको संरचनागत जोखिमलाई आधार मानिएको छ ।

Publish on: