काठमाडौं । नेपालीहरूको महान चाड दशैंतिहार र छठ पर्वहरूका लागि बिहिबारबाट उपत्यकाका विभिन्न ६० भन्दाबढी स्थानमा सहुलियत बजार सञ्चालन गर्ने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले उपत्यकाका विभिन्न स्थानमा सहुलियत बजार सञ्चालनमा ल्याउने भएको हो ।
यी दुई कम्पनीले देशभर रहेका कार्यालय, डिपो, डिलरहरूमा साथै घुम्ती सेवा पसल एवं अनलाइन मार्फत उपभोक्तालाई सरल, सहज एवं सहुलियत मूल्यमा दैनिक उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरू प्रदान गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार खाद्य वस्तुहरू चामल, चिनी, नून, सिमी (गेडा) दाल, खसी, च्याङ्ग्रा लगायतमा देहाय बमोजिम छुट दिने जनाएको छ । उपत्यकामा कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरवार, सतुङ्गल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जावलाखेल, भक्तपुरका साथै घुम्ती सेवा पसल सञ्चालनमा ल्याउने भएको छ । साथै, अन्य ४९ स्थानहरूबाट र दुग्ध विकास संस्थानका आउटलेटहरू लैनचौर, न्यूरोड, खुमलटारका साथै तोकिएका अन्य स्थानहरुबाट सहुलियत बजार सञ्चालनमा ल्याउने गृहमन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
उक्त पसल असोज १५ देखि मंसिर ६ गते छठ पर्वको भोलिपल्टसम्म दैनिक उपभोग्य खाद्य वस्तुहरू सहुलियत मूल्यमा बिक्रि वितरण हुने मन्त्रालयले जनाएको छ । साथै, उपभोक्ताले अनलाइनमार्फत भुक्तानी गर्न सक्नेछन् ।
कुन खाद्य वस्तुहरूमा कति छुट ?
मन्त्रालयका अनुसार सहुलियत बजारमा उपलब्ध खाद्य वस्तुहरूमा छुट दिने भएको छ । यस्तै, नुन, चिनी र घ्युको उपभोक्ता मूल्य क्रमशः १८, ७० र ८७० रुपैयाँ तोकेको छ । जसमा नुन र चिनी प्रति परिवारले ४ केजीको दरले किन्न पाउने मन्त्रालयले जनाएको छ ।
यसैगरी, छुट रकम दिने खाद्य वस्तुहरूमा प्रतिकेजी ५ देखि १० रुपैयाँ छुट दिएका छन् । यस्तै, चामलमा प्रतिकेजी ५, खसी, बोका÷च्याङ्ग्रामा १०, दालमा ५, सिमी (गेडागेडी) १०, दाल ५, फापर (गेडा) ५, तिते फापर५, केराउ सेतो दाना ५ रुपैयाँ छुट दिने भएको छ ।
SHARE YOUR THOUGHTS