कर्मचारी संचय कोषमा डेढवर्षदेखि प्रमुख प्रशासकमा तुलसी गौतम कानून विपरित कार्यरत « Eglish Khabarhub

कर्मचारी संचय कोषमा डेढवर्षदेखि प्रमुख प्रशासकमा तुलसी गौतम कानून विपरित कार्यरत


१५ आश्विन २०७७, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । कर्मचारी संचय कोषमा डेढवर्षदेखि अवैध रुपमा काम प्रमुख प्रशासकको रुपमा तुलसीप्रसाद गौतमले काम गरेको खुलेको छ ।
सरककारले गौतमलाई २०७५ सालको असोज ७ गते प्रमुख प्रशासक पदमा नियुक्ति गरेको थियो ।

नेपाल सरकारकार सहसचिव रहेका गौतमलाई सरकारलले कोषको प्रमुख प्रशासक बनाएको थियो । ५८ वर्षे उमेरहदको कारण गौतमले २०७६ सालको जेठ १५ गते अवकास पाएका थिए ।

संचय कोषको प्रमुख प्रशासक बन्नको लागि कानूनले तोकेको योग्यता

कर्मचारी संचय कोष ऐनमा कोषको प्रमुख प्रशासक बन्नको लागि संचयकोषको संचयकर्ता बन्नुपर्ने व्यवस्था छ ।

‘निवर्तमान अर्थमन्त्री खतिवडाको प्रियपात्र भएको कारण गौतमले डेढवर्षदेखि कानून विपरित संचयकोषमा प्रमुख प्रशासकको रुपमा काम गर्न पाएका छन्,विगतको नजिर हेर्ने हो भने डेढवर्ष अगाडि नै गौतमले पदबाट अवकास पाउनुपर्ने थियो,’कोषका एक अधिकारीले भने ।

डेढवर्षदेखि कानून विपरित प्रमुख प्रशासकको रुपमा काम गर्दै आएपछि गौतमको कामलाई लिएर संचयकोषभित्र असन्तुष्टी समेत भएको छ । केही सार्वजनिक संस्थाको सेयर खरिद गर्दा कोषका उच्च कर्मचारीबीच असन्तुष्टी छ ।

अर्थमन्त्रालयले विगतमा कोषको संचयकर्ता नभएको भनेर डा रमेशकुमार भट्टराईलाई पदबाट अवकास दिएको थियो । अर्थमन्त्रालयले २०६८ साल पुस १४ गतेको दिन तत्कालिन कर्मचारी संचय कोषका प्रमुख प्रशासक डा रमेशकुमार भटराईलाई प्रशासक पदबाट अवकास दिने पत्र दियो ।

तत्कालिन प्रमुख प्रशासक रमेश भट्टराईलाई अर्थमन्त्रालयले दिएको अवकास पत्र

पत्रमा त्यो बेलाका प्रमुख प्रशासक भट्टराईको ११ औ तहको पदावधी २०६८ सालको मंसिर २५ गते सकिएको हुँदा सोही मितिले लागु हुने गरेर प्रमुख प्रशासकबाट अवकास दिएको थियो ।

त्यसपछि खुल्ला प्रतिस्पर्धाबाट कृष्ण आचार्य प्रमुख प्रशासकमा चयन भएका थिए ।

डेढवर्षदेखि कानून विपरित प्रमुख प्रशासक पदमा रहेका गौतम विरुद्द अहिले सर्बोच्च अदालतमा समेत मुद्दा दायर भएको छ । सर्बोच्च अदालतमा अधिवक्ता जयबहादुर भुजेलले रिट दर्ता गरेका हुन् ।

संचयकोषमा प्रमुख प्रशासक हुन कोषको संचयकर्ता हुनुपर्ने कानूनी व्यवस्था रहेको तर,गौतम संचयकर्ता नभएको हुँदा कानूनी विपरित पदमा रहेको भन्दै सर्बोच्चमा रिट परेको हो ।

कोषको अध्यक्षमा अर्थमन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनी रहेका छन् । संचय कोषले अहिले संचयकोष तथा सरकारी कर्मचारीको निवृतिभरणको समेत काम गर्दै आएको छ । अहिले कोषमा संचयकर्ताको संख्या ६ लाख २८ हजार पुगेको छ । यस्तै निवृतिभरणमा १४ हजार ४ सय जना पुगेका छन् ।

गौतम अहिले हिमालयन बैंकका संचालक समितिका अध्यक्ष हुन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार ००:००  १ : ५९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping