इजरायलले भन्यो-लकडाउनबाट मुक्त हुन एक वर्ष लाग्न सक्छ « Eglish Khabarhub

इजरायलले भन्यो-लकडाउनबाट मुक्त हुन एक वर्ष लाग्न सक्छ


१५ आश्विन २०७७, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक कोभिड–१९ बन्दाबन्दीबाट मुक्त हुन छ महिनादेखि एक वर्षसम्म लाग्नसक्ने बताएका छन् ।

‘यो लकडाउनबाट बिस्तारै र क्रमिकरूपमा इजरायल मुक्त हुनेछ र यो आधा वर्षदेखि एक बर्षसम्म रहन सक्छ’ उनले बुधबार मन्त्रीपरिषद्को बैठकमा भने ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्रीले बासिन्दाहरूलाई उनीहरूको घरबाट २०० मिटरभन्दा बाहिर जानबाट रोक्नुपर्ने र अतिआबश्यक बाहेकका गतिविधिलाई नियन्त्रण गर्न थप प्रतिबन्धको लागि आग्रह गरेका छन् । हालका प्रतिबन्धले उक्त सीमालाई १ हजार मिटरमा राखेको छ ।

इजरायलले सेप्टेम्बर १८ देखि तीन हप्ताका लागि दोस्रो पटक राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । इजरायलमा सुरुमा फेब्रुअरीमा भाइरसबाट सङ्क्रमित पहिले विरामी फेला परेपनि पछिल्ला केही हप्तामा यहाँको सङ्क्रमण दर बढ्न थालेपछि दोस्रो पटक लकडाउनको घोषणा गरेको हो ।

इजरायलमा कोभिड–१९ नियन्त्रणका लागि लिइएका नियन्त्रण उपायका कारण अर्थतन्त्रमा व्यापक प्रभाव परेको छ ।
इजरायलको झण्डै एक चौँथाइ अर्थात् नौ लाख श्रमशक्ति कोरोनाका कारण बेरोजगार बनेको इजरायली रोजगार सेवा केन्द्रद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार ००:००  २ : ५३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping