जरिवाना लगाउने प्राधिकरणले भन्यो-अग्रिम महसुल तिर्नुस, छुट लिनुस् « Eglish Khabarhub

जरिवाना लगाउने प्राधिकरणले भन्यो-अग्रिम महसुल तिर्नुस, छुट लिनुस्


१५ आश्विन २०७७, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मिटर रिडिङ नगर्ने बरु ग्राहकलाई जरिवाना लगाउन थालेपछि चर्को आलोचना भयो ।

चर्को आलोचना भएपछि ऊर्जा मन्त्री वर्षमान पुनले प्राधिरकणका निमित्त कार्यकारी निर्देशकलाई बोलाएर जरिवाना नलगाउन निर्देशन नै दिए । केही दिन ढिला हुँदा जरिवाना लिने प्राधिकरणले बिहिबार एक सूचना मार्फत अग्रिम भुक्तानी गरे २५ प्रतिशत छुट दिने जनाएको छ ।

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ‘प्रत्येक महिनाको निश्चित गते ग्राहकको मिटर रिडिङ्ग गर्ने दिन तोकिएको हुन्छ । जस्तै ग्राहक नम्वर ००७–२९–०३९ मा विचको अंक २९ ले प्रत्येक महिना मिटर रिडिङ्ग हुने दिन (गते) लाई जनाउँदछ । सो मितिमा मिटर रिडरले मिटर पढि विल उपलव्ध गराउँदछन् । मिटर रिडर मिटर पढन नआएमा वा विल प्राप्त नभएमा ग्राहकले सम्वन्धित कार्यालयमा सम्पर्क गरी विल लिनु ग्राहकको कर्तव्य हुन्छ ।’

नियमानुसार ग्राहकले मिटर रिडिङ्ग हुने दिन समेत गरि ७ दिन भित्र विल भुक्तानी गर्दा विल रकममा २५ छुट पाइदै आएको छ । ८औंं दिनदेखि १५औं दिनसम्म वुझाएमा विल रकम मात्र वुझाए हुने व्यवस्था छ ।

यस्तै १६औं दिनदेखि ३०औं दिनसम्म वुझाएमा ५ प्रतिशत थप शुल्क (जरीवाना) लाग्दछ । ३१औं दिनदेखि ४०औं दिनसम्म वुझाएमा १०५ र ४१औं दिन देखि २५५ थप दस्तुर लाग्दछ भने ६०औं दिन भित्र पनि महशुल भुक्तानी नभएका जुनसुकै समयमा विद्युत लाइन काट्न सक्ने जनाएको छ ।

प्राधिकरणले अग्रिम भुक्तानीको व्यवस्था समेत गरिएको जनाएको छ । विगतका महिनाहरुको औषत विल अनुमान गरी कति महिनासम्मको विल भुक्तानी गर्न सकिन्छ सो वरावरको रकम अनुमान गरी अग्रिम वुझाएमा पछि विद्युत महशुल अनुसारको विल हिसाव मिलान गर्दा २५ छुट पाइने सूचनामा उल्लेख छ ।

यस्तै, विद्युत महशुल भुक्तानी गर्न ढीला हुँदा लाग्ने जरीवानाबाट समेत वच्न सकिने, प्रत्येक महिना काउन्टरमा गई रहन नपर्ने, समय बचत हुने र यातायात खर्च समेत बच्ने दावी गरिएको छ ।

यस्तै ग्राहक स्वयंले मिटर पढन जान्नु उत्तम रहेको भन्दै आफै मिटर रिडिङ्ग हुने दिनमा कति अंक मिटरमा पुगेको छ त्यो टिप्नु राम्रो हुने बताएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार ००:००  ५ : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping