काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था मर्जर तथा प्राप्तिमा जाने भएको छ । संस्थाले मर्जरमा जानको लागि तीन सदस्यीय समिति समेत गठन गरेको छ ।
समितिको संयोजकमा सञ्चालक रोमणी प्रसाद पाठक रहेका छन भने सदस्यमा जितेन्द्र बाहेति र सदस्य सचिवमा सविता सापकोटा रहेका छन् ।
संस्थाको बिहीबार बसेको सञ्चालक समितिको १०६ औं बैठकको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्दै आएको लघुवित्त वित्तीय संस्थाहरूले एक आपसमा मर्जर/प्राप्तिको नितीलाई सहयोग पुर्याउने उद्देश्यले उपयुक्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिको लागि अध्ययन गर्न मर्जर/प्राप्ति समिति गठन गरेको जनाएको छ ।
SHARE YOUR THOUGHTS