प्रधानमन्त्रीज्यू, तपाईंका उद्योग राज्यमन्त्री मोतिलाल दूगडले यसरी गरे कालोबजारी « Eglish Khabarhub

प्रधानमन्त्रीज्यू, तपाईंका उद्योग राज्यमन्त्री मोतिलाल दूगडले यसरी गरे कालोबजारी


१८ आश्विन २०७७, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । प्रधनमन्त्री केपी शर्मा ओली सरकारका मन्त्रीहरु नै एकपछि अर्को काण्डमा मुछिन थालेका छन् । यसअघि नै केही भ्रष्टाचार, कोही कमिशन, कोही व्यापारिक घरानासँगको मिलेमतोमा करमा घटबढ गरेर बदनामी कमाइसकेका छन् ।

यसैबीच उद्योगी समेत रहेका उद्योगराज्यमन्त्री मोतिलाल दुगडमाथि कालोबजारी गरेको अभियोग लागेको छ । सेञ्चुरी साल्टका नाममा उद्योगराज्यमन्त्री सञ्चालक रहेको दुगड स्पाइस एण्ड फुडस प्रालिले नुनमा कालोबजारी गरेको हो ।

राज्यका निकायबाट स्वीकृति नै नलिई मन्त्री दुगडको कम्पनीले प्याकेजिङ गरेर महंगोमा नुन बिक्री गरिरहेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले उत्त उद्योग र मन्त्रीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरेको छ ।

‘मन्त्री दुगडको कम्पनीले बजारमा अत्यन्त गुणस्तरीय आयोडिनयुक्त आयोनून प्रतिकिलो २० रुपैयाँमा पाईरहेको अवस्थामा प्याकेजिङ्ग मात्र गरी प्रति १०० ग्रामको ३२ रुपैयाँ मूल्य निर्धारण गरी हदैसम्मको कालोबजारी तथा नाफाखोरीजन्य काम गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ र ३ बिपरित कृयाकलाप गरी सर्वसाधारण उपभोक्तालाई चरम शोषण गर्ने काम गरेको देखिएकोछ,’ मञ्चले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को अनुचित व्यापारिक तथा व्यवसायजन्य कृयाकलाप गर्न नहुने उल्लेख छ । तर राज्यमन्त्री दुगडले त्यसको ठाडो उल्लंघन गरेका छन् । र, अर्को गंभीर विषय आयोडिनयुक्त नुन सरकारको साल्ट ट्रेडिङ कर्पोरेशन बाहेक अरु कसैले पनि बिक्री वितरण गर्न नपाउने कानूनी व्यवस्था छ । तर, उद्योगराज्यमन्त्रीले कसरी गरे ?

‘हामीलाईअत्यन्त खेद छ कि नेपाल सरकारको तर्फबाट आपूर्ति व्यवस्थापन गर्ने, बजार व्यवस्थापन गर्ने तथा उपभोक्ता हक अधिकारको संरक्षण गर्ने नेपाल सरकारको राज्यमन्त्रीजस्तो गरिमामय पद सम्हाल्ने व्यक्तित्व नै संचालक रहेको उक्त उद्योगबाट आम उपभोक्ताको हक अधिकार हनन हुने, कानून बिपरित कार्य हुने र उपभोक्ताको संबैधानिक अधिकारलाई वेवास्ता गर्दै व्यक्तिगत स्वार्थलिप्साबाट प्रेरित हुँदा हामी उपभोक्ताहरु अत्यन्त मर्माहित हुन पुगेकाछौं,’ मञ्चले भनेको छ ।

मञ्चले थपेको छ- ‘सम्माननीय प्रधानमन्त्रीज्यूबाट यस बिषयमा अत्यन्त गम्भिर ध्यान पुर्याउनु भई आम उपभोक्ताको पक्षमा निर्णय गर्नु हुनेछ भन्ने अपेक्षा सर्वसाधारण उपभोक्ताको तर्फबाट राखेकाछौं । अन्य थप प्रमाणको लागी श्री खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागबाट प्रमाण झिकाइ पाऊँ ।’

मोरङको टंकी सुनवारीमा रहेको मन्त्री दुगडको कम्पन दुगड स्पाइस एण्ड फुड प्रोडक्टस प्रालिले प्याकेजिङ्ग गरेको सेन्चुरी ब्राण्डको स्प्रिंकलर्स टेवल साल्ट (नून) गैरकानूनी तरिकाले निर्वाधरुपमा उत्पादन तथा प्याकेजिङ्ग गरी बिक्री बितरण गर्दै आइरहेको छ ।

उक्त उद्योगमाथि कानूनी कारवाही गर्नुको साथै उपरोक्त ब्राण्डको नूनको बिक्री बितरणमा रोक लगाइ पाउन यस मन्चमा गुनासो आएकोमा गुनासो व्यवस्थापन गर्ने क्रममा यस मन्चले गरेको अनुगमन, अध्ययन तथा तथ्यगत सूचनाको आधारमा खाद्य प्रबिधि तथा गुणनियन्त्रण बिभागमा २०७७ भदौ १२ गते उजुरी निवेदन दिएको थियो ।

मञ्चको उजुरी उपर बिभागले गरेको छानविनको क्रममा उक्त नून उत्पादनको लागि अनिवार्य रुपमा बिभागको अनुज्ञापत्र लिइनु पर्ने र बिभागको स्वीकृति लिनु पर्नेमा नलिएको/नदेखिएको भनि खाद्य गुणस्तर कार्यालयको मिति २०७७ भदौ १७ को पत्रमार्फत् जानकारी गराइएको छ ।

यसरी मन्त्रीजस्तो व्यक्तिले कानून अनुसार लिनुपर्ने स्वीकृति नलिइ शक्तिको आडमा कालोबजारी गर्नु गंभीर अपराध भएको मञ्चको ठहर छ ।

राज्यमन्त्री दुगड प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन् । त्यसैले उनीमाथि कारबाही हुने संभावना निकै कम रहेको जानकारहरु बताउँछन् ।

‘नैतिकवान मन्त्री हुन्थे भने यस्तो आरोप लागेपछि राजिनामा दिनुपर्छ,’ मञ्चका एक अधिकारीले भने, ‘राजिनामा नदिने यस्ता मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ ।’

यस्तो छ मञ्चले प्रधानमन्त्रीलाई लेखेको पत्र

मिति २०७७।६।१६

सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय,
सिंहदरबार, काठमाडौं ।

बिषय : अबैध तथा गैरकानूनी तरिकाले नून उत्पादन तथा बिक्रि बितरण गरेकोमा कारवाही गरी पाउं ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
उपरोक्त बिषयमा उपभोक्ताको हक अधिकारको संरक्षण तथा उपभोक्तावर्गको हित रक्षाको लागी २०६३ सालमा स्थापना भएको राष्ट्रिय उपभोक्ता मन्चले समाजमा आम उपभोक्ता माथि हुने थिचोमिचो बिरुध्द आवाज उठाउने, अनुचित व्यवसायिक कृयाकलाप बिरुध्द आवाज उठाउने तथा आम उपभोक्ताको पक्षमा सरकारको ध्यान आकृष्ट गर्नको लागी देशभरमा संगठन सन्जाल स्थापना गरी उपभोक्ताको हितमा बनेका ऐन कानून कार्यान्वयन गर्नमा सरकारी पक्षलाइ सहजीकरण गर्दै प्रतिस्पर्धात्मक बजार निर्माण गर्ने काम गर्दै आएको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूमा हार्दिक निवेदन गर्दछौं ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रस्तुत बिषयमा निवेदन गर्दछौं कि टंकी सिनवारी, मोरंग स्थित नेपालको एक प्रतिष्ठित खाद्य उद्योग दुगड स्पाइस एण्ड फुड प्रोडक्टस प्रा.लि.ले नेपालीहरुको भान्छामा आवश्यक पर्ने बिभिन्न किसिमका गरम मसलाहरु लगायत खाद्य पदार्थहरु उत्पादन गर्दै बजारीकरण गर्दै आएकोमा केही समय अगाडीबाट सो कम्पनीले सेन्चुरी स्प्रिंकलर्स टेवल साल्टको नामबाट नूनको प्याकेजिंग गरी प्रति सय ग्रामको बिल बिजक मूल्य रुपैयां ३२ (प्याकेटमा अंकित मूल्य रुपैया ३५।००) मा बिक्रि बितरण भई रहेको व्यहोरा जानकारी गराउन चाहन्छौं ।

दुगड स्पाइसेज एण्ड फुड प्रोडक्टस प्रा.लि. ले प्याकेजिंग गरेको सेन्चुरी ब्राण्डको स्प्रिंकलर्स टेवल साल्ट (नून) गैरकानूनी तरिकाले उत्पादन तथा प्याकेजिंग गरी कारोवार गरेकोमा उक्त उद्योग माथि कानूनी कारवाही गर्नुको साथै उपरोक्त ब्राण्डको नूनको बिक्रि बितरणमा रोक लगाइ पाउन यस मन्चमा गुनासो आएकोमा गुनासो व्यवस्थापन गर्ने क्रममा यस मन्चले गरेको अनुगमन, अध्ययन तथा तथ्यगत सूचनाको आधारमा खाद्य प्रबिधि तथा गुणनियन्त्रण बिभागमा मिति १२।५।२०७७ मा उजुरी निवेदन दिने काम भएको र सो निवेदन उपर बिभागले गरेको छानविनको क्रममा उक्त नून उत्पादनको लागी अनिवार्य रुपमा बिभागको अनुज्ञा पत्र लिइनु पर्ने र बिभागको स्वीकृति लिनु पर्नेमा नलिएको÷नदेखिएको भनि खाद्य गुणस्तर कार्यालयको मिति २०७७।५।१७ को पत्रबाट जानकारी प्राप्त भएको भनि बिभागबाट हामीलाइ सूचित गरेको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूमा अवगत गराउन चाहन्छौं ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
आम नेपाली नागरिकको जन्म देखि मृत्युसम्म र बिहान देखि बेलुकासम्म दैनिक उपभोग गर्ने वस्तु मध्येको एक खाद्य नूनको उपयोग, प्रयोग, गुणस्तर तथा मूल्य आदिका सम्बन्धमा नेपाल सरकारले तोकेको मापदण्डमा रही उत्पादन, संचय, बिक्रि बितरण गर्ने काम नेपाल सरकारले २०२० साल देखि नै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मार्फत मात्र हुंदै आएकोमा यसरी अनधिकृत रुपमा नूनको प्याकेजिंग, संचय तथा बिक्रि बितरण गर्नु प्रचलित कानून बिपरितको कार्य हो ।

नेपालमा बिगत पांचदशक भन्दा बढि अबधि देखि नेपाली जनतालाई राज्यको तर्फबाट साल्ट ट््रेडिंग कर्पोरेशन लिमिटेडले सहज, सुलभ र स्वस्थ वस्तुको रुपमा नूनको आपूर्ति गर्दै आएकोछ । बिश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार पनि ९० प्रतिशत घर परिवारमा स्वस्थकर आयोडिनयुक्त नून प्रयोग गर्ने देशको रुपमा परिचित हुन थालेकोछ भने गलगांडको समस्या निर्मूल भई सकेकोछ भने प्रत्येक एकलाखमा ४ जनामा कण्ठरोग बांकी रहनु सरकारको लागी ठूलो उपलव्धी हो । आम उपभोक्ताले कहिल्यै अभाव महसुस नगरी सुलभ रुपमा पाउने वस्तु भनेकै नून हो भन्ने बिश्वास राज्यले दिलाउन सकिरहेको अवस्थामा सरकारी संयन्त्रमा अनुचित व्यापारिक कृयाकलाप गर्ने तत्वहरुको घूसपैठले एकाध अवस्थामा नूनको आपूर्ति व्यवस्थापनमा अप्थ्यारो स्थिति नआएको होइन । दीर्घकालीन रणनिती तथा सोच तथा निर्णय क्षमताको आधारमा यस्तो कृयाकलाप हुने कुरा सबैबाट बुझेकै कुरा हो । अहिले पनि केही अवाच्छित र अनुचित व्यापारिक कृृयाकलाप गर्ने व्यक्तिहरु सरकारकै नजिक रहेर सरकारको नै बदनाम गर्दै जनतालाई शोषण एवं ठग्ने काम हुन थालेकोमा सम्माननीय प्रधानमन्त्रीज्यूमा अत्यन्त खेदका साथ निवेदन गर्न आएकाछौं । त्यसैले प्रस्तुत बिषयमा दुगड स्पाइसेज एण्ड फुड प्रोडक्टस प्रा.लि. ले गैरकानूनी तरिकाले अबैध रुपमा सेन्चुरी ब्राण्डको स्प्रिंकलर्स टेवल साल्ट (नून) उत्पादन तथा प्याकेजिंग गर्ने गरेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको जानकारीबाट प्रष्ट हुन आएको हुंदा उक्त उद्योग र उद्योगका संचालक माथि निम्न अनुसारको कसूर गरेको देखिएको हुंदा आवश्यक छानविन गरी कानूनी कारवाही गरी पाउन सम्माननीयज्यूमा हार्दिक अनुरोध गर्दछौं ।

१) नेपाल सरकारको मिति २०७३ चैत्र २१ गते प्रकाशित नेपाल राजपत्रको खण्ड ६६ (संख्या ६६) प्रकाशित सूचना अनुसार नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) र प्रतिस्पर्धा प्रबध्र्दन तथा बजार संरक्षण ऐन, २०६३ को दफा ३० ले दिएको अधिकार प्रयोग गरी सम्बत २०७४ साल साउन १ गते देखि अर्को व्यवस्था नभएसम्मका लागी साल्ट ट््रेडिंग कर्पोरेशन लिमिटेडबाट नेपालभर आयोडिनयुक्त नूनको आयात, भण्डारण तथा बिक्रि बितरण गराउने व्यवस्थालाइ निरन्तरता दिने निर्णय गरेकोछ । यसरी नेपाल राज्यभर साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मात्र आयोडिनयुक्त नूनको आयात, आपूर्ति, संचय तथा बिक्रि बितरण गर्ने एकल अधिकार दिएकोमा उक्त कम्पनीले सरकारको निर्णय र नियम कानून उल्लंघन गरी सर्वसाधारण उपभोक्ताको जिउ ज्यान माथि खेलवाड गर्ने काम गरेकोछ ।

२) नेपाल सरकारको कण्ठरोग नियन्त्रण समितिको नीति तथा निर्देशनमा मात्र आयोडिनयुक्त नून बिक्रि बितरण गर्न पाउने व्यवस्था गरेकोछ । तर उक्त कम्पनीले स्प्रिंकल टेवल साल्ट (नून) को उत्पादन तथा बिक्रि बितरण गर्ने काम गरी भ्रमात्मक प्रचार गरी उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएका व्यवस्थाहरुको उल्लंघन गर्ने काम गरेको देखिएकोछ ।

३) खाद्य ऐन, २०२३ को दफा ४(ख) मा तोकिएको खाद्य पदार्थको उत्पादन, बिक्रि बितरण, संचय, वा प्रशोधन गर्न चाहने व्यक्तिले तोकिए बमोजिम अनुज्ञा पत्र लिने पर्ने व्यवस्था गरिएकोमा अनुज्ञा पत्र वा इजाजत पत्र नलिएको ।

४) खाद्य ऐन २०२३ को दफा ७ बमोजिम खाद्य पदार्थको गुण र स्तर तोक्ने अधिकार नेपाल सरकारलाइ मात्र रहेको र नेपाल सरकारले मिति २०५७।१०।२३ को नेपाल राजपत्रको भागको ३ खण्ड ५० संख्या ४२ मा प्रकाशित सूचना अनुसार आयोडिनयुक्त नूनको गुणस्तर निर्धारण गरिएकोमा प्रस्तुत सेन्चुरी टेवल साल्टको प्याकेटमा Production consisting under Foods Law of Nepal मात्र उल्लेखगरी सर्वसाधारण उपभोक्तालाई झुक्याउने काम गरेकोछ ।

५) बजारमा अत्यन्त गुणस्तरीय आयोडिनयुक्त आयोनून प्रति किलो २० रुपैयांमा पाईरहेको अवस्थामा प्याकेजिंग मात्र गरी प्रति १०० ग्रामको ३२ रुपैयां मूल्य निर्धारण गरी हदैसम्मको कालोबजारी तथा नाफाखोरीजन्य काम गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ र ३ बिपरित कृयाकलाप गरी सर्वसाधारण उपभोक्तालाई चरम शोषण गर्ने काम गरेको देखिएकोछ ।
६) उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को अनुचित व्यापारिक तथा व्यवसायजन्य कृयाकलाप गर्न नहुने काम गरेको ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

हामीलाइ अत्यन्त खेद छ कि नेपाल सरकारको तर्फबाट आपूर्ति व्यवस्थापन गर्ने, बजार व्यवस्थापन गर्ने तथा उपभोक्ता हक अधिकारको संरक्षण गर्ने नेपाल सरकारको राज्यमन्त्री जस्तो गरिमामय पद सम्हाल्ने व्यक्तित्व नै संचालक रहेको उक्त उद्योगबाट आम उपभोक्ताको हक अधिकार हनन हुने, कानून बिपरित कार्य हुने र उपभोक्ताको संबैधानिक अधिकारलाई वेवास्ता गर्दै व्यक्तिगत स्वार्थलिप्साबाट प्रेरित हुंदा हामी उपभोक्ताहरु अत्यन्त मर्माहित हुन पुगेकाछौं । सम्माननीय प्रधानमन्त्रीज्यूबाट यस बिषयमा अत्यन्त गम्भिर ध्यान पुर्याउनु भई आम उपभोक्ताको पक्षमा निर्णय गर्नु हुनेछ भन्ने अपेक्षा सर्वसाधारण उपभोक्ताको तर्फबाट राखेकाछौं । अन्य थप प्रमाणको लागी श्री खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागबाट प्रमाण झिकाइ पाउं । जो आदेश ।

संलग्न : उक्त कम्पनीबाट उत्पादित सेन्चुरी ब्राण्डको टेवल साल्टको
छांया चित्र एवं उक्त नून खरिद गर्दाको बिल बिजकको छायांचित्र १

बोधार्थ तथा कार्यार्थ 
माननीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीज्यू,
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय,
सिंहदरबार, काठमाडौं ।

प्रेमलाल महर्जन
अध्यक्ष, राष्ट्रिय उपभोक्ता मञ्च

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार ००:००  ३ : ४२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping