कार कम्पनी टेस्लाका सीईओ एलन मास्कले २०२१ भित्रमा भारतीय बजारमा टेस्लालाई बजारमा ल्याउन तयार भएको बताउका छन् । मस्कले ट्विटर पोष्टको जवाफमा २०२१ भित्र टेस्ला गाडी भारतीय बजारमा आउने बताएका हुन् ।
ट्वीटरमा एकजना प्रयोगकर्ताले टेस्लालाई भारत आउने बारेमा सोधे। ट्वीटको प्रतिक्रियामामा उनले ‘इंडिया लव टेस्लाु, इंडिया वान्ट टेस्ला’ लेखेका थिए । उनले तस्वीरको साथ ट्वीटमा लेखे, ‘निश्चित अर्को वर्ष’।
सबैलाई यसको पर्खाइका लागि धन्यबाद। यस अघि पनि टेस्ला धेरै पटक भारतीय बजारमा जान तयार भइसकेको थियो, तर कम्पनीले केही सरकारी नियमका कारण भारत प्रवेश गर्न सकेन।
२०१८ केही चुनौतीपूर्ण सरकारी नियमहरूको कारण कम्पनी भारतमा प्रवेश गर्न सक्षम नरहेको जानकारी दिएको थियो । मस्कको जवाफले टेस्ला २०२१ भित्र भारतीय बजारमा प्रवेश गर्न सकिने देखिएको छ ।
नयाँ टेस्ला गाडीले बिक्रीमा समेत नयाँ रेकर्ड राखेको छ । तेस्रो त्रैमासमा ४४ प्रतिशतले बृद्धि भएको छ जुन इतिहासको सबैभन्दा बढी हो ।
कोभिडको मन्दीपछि टेस्लाको बिक्रीमा सुधार आएको हो । यो वर्ष मस्कले ५ लाख कारको बिक्रीको टार्गेट राखेका छन् ।
कम्पनीले सेप्टेम्बर ३० सम्ममा १ लाख ३९ हजार ३०० कारको डेभिलरी गरेको थियो । जनु अघिल्लो वर्षको सोही वर्षमा यसको संख्या ९७ हजार थियो ।
SHARE YOUR THOUGHTS