काठमाडौं । प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्ताव प्रदेशसभाको दुईतिहाई मतले पारित गरेको छ ।
प्रदेशसभाका ८७ जना सदस्यमा मतदान प्रक्रियामा ८२ जना प्रदेशसभाका सदस्य सहभागि थिए । जसमा ६९ जनाले दाङको पक्षमा मतदान गरेका छन् भने १३ जनाले विरोधमा मत दिएका छन् ।
सरकारको नेतृत्व गरेको नेकपाले दाङको पक्षमा मतदान गर्न ह्विप नै जारी गरेको थियो ।
https://www.facebook.com/clickmandu/videos/734662270419700
प्रदेश ५ को नाम भने लुम्बिनी हुने छ । प्रदेशको राजधानी दाङको भालुवाङमा केन्द्र रहेर रहने छ ।
SHARE YOUR THOUGHTS