काठमाडौं । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह-२०२० विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । बोर्डले (१९ गते) सोमबारदेखि असोज २५ गतेसम्म विश्व लगानीकर्ता सप्ताह मनाउन लागेको जनाएको छ ।
सप्ताहको मुख्य उद्देश्य धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाहको माध्यमबाट बजारसम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिबृद्धि गरी लगानीकर्ता शसक्तिकरण गर्ने रहेको बोर्डले जनाएको छ ।
कोरोना भाइरसको कारण बोर्डले उक्त कार्यक्रममा भर्चुअल रुपमा गर्ने भएको छ । बोर्डले असोज २१ गते रेडियो कार्यक्रम गर्ने भएको छ । यस्तै २२ गते धितोपत्र निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण (फ्रि प्राइसिङ)का लागि बुक विल्डिङ्ग पद्दतिबाट सार्वजनिक निष्काशन गर्न सक्ने गरी निर्देशिका जारी गरेको र योग्य लगानीकर्ताको सूची पनि तयारीको अन्तिम चरणमा रहेको छ ।
यसमा लगानीकर्ताहरुलाई थप स्पष्ट पार्न सम्बन्धित कम्पनीका उच्च व्यवस्थापन तथा लगानीकर्ताहरुसँग छलफल तथा अन्र्तक्रिया कार्यक्रम गर्ने भएको छ ।
यस्तै २३ लगानीकर्ताको अधिकार, सुसूचित लगानी निर्णयका लागि आवश्यक ज्ञान तथा जानकारी, अनलाईन टे«डिङ्गको उपयोगिता र प्रयोग, आस्वा, सि-आस्वा, मेरा सेयरको उपयोगिता, क्रेडिट रेटिङ्गको महत्व तथा उपयोगिता लगायतका धितोपत्र बजार सम्बन्धी विषयवस्तुहरुमा बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, सिडिएससी र क्रेडिट रेटिङ्ग संस्था तथा लगानीकर्ताहरुकोे सहभागितामा छलफल तथा अन्र्तकृया कार्यक्रम आयोजना गर्ने भएको छ ।
धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता हाते पुस्तक, २०२० र धितोपत्र बजार सहभागीहरुले बोर्डमा पेश गर्नुपर्ने वित्तीय तथा अन्य विवरण विद्युतीय माध्यममार्फत पेश गर्न र लगानीकर्ताले सूचिकृत कम्पनी सम्बन्धी विवरण प्राप्त गर्न सक्ने प्रणालीको अनावरण गरी सञ्चालनमा ल्याउने जनाएको छ । यस्तै २४ र २५ गते विभिन्न प्रचारात्मक कार्यक्रम रहेको छ ।
SHARE YOUR THOUGHTS