अपि पावर कम्पनीले हकप्रद सेयर जारी गर्ने « Eglish Khabarhub

अपि पावर कम्पनीले हकप्रद सेयर जारी गर्ने



काठमाडौं । अपि पावर कम्पनीले १ः०४७ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको छ ।

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ५६ लाख ७० हजार कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा विक्रि खुल्ला गर्न लागेको हो । कम्पनीको हकप्रदमा कात्तिक १४ गतेदेखि मसिर ४ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको हालको अधिकृत पूँजी ५ अर्ब, जारी पूँजी ४ अर्ब र चुक्तापूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको छ । आव २०७६/०७७ मा नेटवर्थ १ अर्ब ३६ करोड रहेको, जगेडा कोष तथा संचित नाफामा १७ करोड रहेको छ भने प्रति शेयर आम्दानी ८ रुपैयाँ ४ पैसा रहेको छ ।

कम्पनीले ४० मेगावाट क्षमताको तेश्रो जलविद्युत आयोजना माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणमा लगानी गर्नका लागि शेयरधनीहरुबाट शेयर पूँजी जुटाउन हकप्रद शेयर जारी गरी रकम संकलन गर्ने योजना गरेको छ ।

कम्पनीले आफ्नो लगानी तथा बैक ऋणबाट सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्लामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम आयोजनाको रुपमा ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना निर्माण सम्पन्न गरी वि.स.२०७२ भाद्र २ गते देखी राष्ट्रिय ग्रिडमा बिद्युत प्रवाह गरी व्यापारिक उत्पादन गरिरहेको छ ।

सुदुर पश्चिम प्रदेशमा नीजि लगानीबाट १७ महिना भित्र निर्माण गरी संचालन भएको यो नै पहिलो जलविद्युत आयोजना हो ।

कम्पनीले दोश्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना मिति २०७६ कात्तिक १३ गतेबाट व्यापारिक उत्पादन गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ ।

कम्पनी द्वारा संचालनमा रहेका यी दुवै आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरीया–वलाँच १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत विद्युत प्रवाह भईरहेको छ ।

यस आयोजना निर्माणका लागि ७ अर्ब ४० करोड लगानी लाग्ने अनुमान गरिएको छ । कम्पनीले कुल लागत मध्ये ३० प्रतिशतले हुने रकम २ अर्ब २२ करोड आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना गरेको छ ।

Publish on: