काठमाडौं । प्रमु मनि ट्रान्सफरले ‘सुरक्षित मनाऔ महान पर्व, प्रभुको उपहार सँग’ नामक योजना ल्याएको छ ।
यो योजना अन्तर्गत विदेशबाट नेपालमा रकम पठाउने तथा प्राप्त गर्ने दुवै लाभान्वित हुनेछन् । यो योजनामा ग्राहकले हरेक हप्ता ३२ इन्चको टिभीसहित प्रभु टिभी सेटअप बक्स पाउनेछन् ।
यस्तै प्रभु क्यापिटलमा प्रभु बैंकको डियाट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पे मार्फत मोबाईल वालेटमा ३० रुपैयाँ बराबरको टपअप र प्रभु डिजिटलबाट नेट र टिभीको बर्षिक प्याकेज लिने ग्राहकले २ महिनाको अतिरिक्त बोनस पाउन सक्नेछन् ।
यो योजना अक्टोबर १५ देखि नोभेम्बर २० सम्म लागु हुनेछ ।
SHARE YOUR THOUGHTS