काठमाडौं । बुधबार ३६ ऋणीको कर्जा उठाउन सूचना सार्वजनिक गरेको राष्ट्रिय वाणिज्य बैंकले बिहिबार पुनः १५ ऋणीलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न भनेको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले लगातार भाखा नाघेका ऋणीको कर्जा उठाउन आक्रामक देखिएको छ ।
बैंकले नेपालगन्ज शाखा कार्यालय, भजनी शाखा कार्यालय र विराटनगर शाखा कार्यालयका ऋणीलाई कर्जा तिर्न सार्वजनिक सूचना मार्फत आग्रह गरेको हो ।
बैंकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न समेत भनेको छ । सो अवधिमा ऋण तिर्न नआए कालोसूचीमा राखेर जमानत लिलामी गरिनेछ ।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको लेना रकम चुक्ता नभएको अवस्थामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका नाममा जारी भएको एकीकृत निर्देशन अनुसार थप प्रक्रिया अगाडि बढाइनेछ ।
बैंकले ऋणी, प्रोपाइटर, सञ्चालक तथा जनमातदाता समेतलाई कालोसूचीमा समावेश गरिने जनाएको छ ।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्पर्कमा नआएको खण्डमा ५० औं दिनमा सम्बन्धित ऋणीको जमानतमा रहेको चल अचल सम्पत्ति लिलामी गरिने जनाएको छ ।
बैंकले यसअघि पनि जारी गरिएको सूचनालाई अटेर गरिएका कारण बिहिबार पुनः सूचना प्रकाशित गरिएको जनाएको छ ।
सो अवधिका कर्जा चुक्ता नगरेमा जानकारी सहित धितो रहेको सम्पत्ति लिलाम बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचनामा उल्लेख छ ।
SHARE YOUR THOUGHTS