आई पे रेमिटको दशैं तिहार अफर, बाईक जित्ने अवसर « Eglish Khabarhub

आई पे रेमिटको दशैं तिहार अफर, बाईक जित्ने अवसर



काठमाडौं । आईपे रेमिट प्रा.लि. ले दशैं, तिहार र छठकोे समयलाई लक्षित गरी ‘आई पे रेमिट बाट पैसा आयो उपहारमा बाईक पायो’ भन्ने विशेष उपहार योजना ल्याएको छ ।

यो योजना अन्तर्गत आई पे रेमिट को मलेसिया लगायत विभिन्न मुलुकबाट पठाएको पैसा प्राप्त गर्दा ग्राहकहरुले दैनिक, साप्ताहिक र बम्पर उपहार प्राप्त गर्न सक्नेछन् । यो योजना कात्तिक १ देखि मंसिर ५ गतेसम्म कायम रहने छ ।

उपहार कार्यक्रममा दैनिक रुपमा ७ जनाले प्रेसर कुकर उपहार जित्न सक्नेछन् । साथै साप्ताहिक रुपमा हरेक हप्ता १ जना भाग्यशाली विजताले टिभी जित्नसक्नेछन् । तथा १ जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरुप बाईक जित्न सक्नेछन् । सम्पूर्ण उपहार कार्यक्रमको विजेताको घोषणा लक्की ड्र मार्फत गरिनेछ र सोको जानकारी आई पे रेमिटको आधिकारिक फेसबुक पेजमार्फत दैनिक प्रकाशन गरिने छ ।

आई पे रेमिटले आफ्नो स्थापना काल देखि नै ग्राहकहरुलाई छिटो, छरितो तथा सर्वसुलभ रुपमा आफ्ना देशभरि छरिएर रहेका १० हजार साझेदारहरुबाट रकम भुक्तानी साथै नेपालका बैंक तथा वित्तिय संस्थाहरुमा तुरुन्तै पैसा जम्मा (रियल टाईम एकाउन्ट डिपोजिट) गर्ने सुविधा प्रदान गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।

Publish on: