के पराजित हुँदैछन् ट्रम्प, यसो भन्छ नयाँ सर्वेक्षण « Eglish Khabarhub

के पराजित हुँदैछन् ट्रम्प, यसो भन्छ नयाँ सर्वेक्षण


१३ कार्तिक २०७७, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहनु भएका पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा झण्डै १२ प्रतिशतले अग्रता बनाएका छन् ।

बुधबार सार्वजनिक भएको पछिल्लो राष्ट्रव्यापी मतसर्वेक्षणमा बाइडेनले ५४ प्रतिशत र राष्ट्रपति ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गरेका छन् । पछिल्ला राष्ट्रपति निर्वाचनहरुमा भन्दा यसपटक सबैभन्दा बढी मतान्तर देखिएको छ ।

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पसँग पराजित हिलारी क्लिन्टनले प्राप्त गरेको मतभन्दा अहिले बाइडेनले धेरै मत प्राप्त गर्नेछन् । दुबै उम्मेदवारबीचको मतान्तर अझ बढ्दै गएको छ ।
गत वर्षदेखि नै सिएनएनले गरेका हरेक मतसर्वेक्षणमा बाइडेनले नै अग्रता बनाएका छन् ।

विगतमा रिपब्लीकन पार्टीतर्फ झुकाव राख्ने कैयौं मतदाताले यसपटक बाइडेनलाई समर्थन गर्न थालेको पनि सर्वेक्षणमा उल्लेख छ । महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छन् भने गैर–अश्वेत मतदाताबीच पनि ७१–२४ प्रतिशतको मतान्तर छ ।

राष्ट्रपति ट्रम्पलाई स्वीकारोक्ती दर ४२ प्रतिशत छ भने ५५ प्रतिशतले उनको कार्यशैलीलाई रुचाएका छैनन् । अमेरिकामा यही नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार ००:००  १ : ४१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping