लकडाउनमै उद्योगराज्यमन्त्री दुगडले खोले कृषि उद्योग, भन्छन्- देशलाई आत्मनिर्भर बनाउँदै निर्यात गर्छौं « Eglish Khabarhub

लकडाउनमै उद्योगराज्यमन्त्री दुगडले खोले कृषि उद्योग, भन्छन्- देशलाई आत्मनिर्भर बनाउँदै निर्यात गर्छौं


१४ कार्तिक २०७७, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । गत चैतयता देश कोरोना भाइरसका कारण आक्रान्त छ । अझ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले लगाएको लकडाउन र निषेधाज्ञाले आम मानिसलाई सहजै जिवन यापन गर्नसमेत दिएको छैन ।

उद्योगी, व्यवसायी, जागिरे, श्रमजिबी, किसान सबैलाई कोरोना र लकडाउनले नराम्रोसँग प्रभावित बनाएको छ ।

यस्तो बेलामा नयाँ उद्योग खोल्ने कुरा त परै जाओस् कतिपय उद्योगी व्यवसायीहरुले आफ्नो उद्योग व्यवसाय नै बन्द समेत गरे । जसकारण हजारौंले रोजगारी गुमाएका छन् भने लाखौंले अझैसम्म पूरा तलब पाएका छैनन् ।

यस्तो कठिन परिस्थितिमा पनि उद्योगराज्यमन्त्री मोतिलाल दुगडले भने अत्याधुनिक प्रविधिको प्रयोग गरी कृषि वस्तुको उत्पादन गर्ने उद्देश्यले दुगड इडिबल प्रालि नाम गरेको नयाँ उद्योग दर्ता गराएका छन् । मन्त्री दुगड सञ्चालक रहेको सेञ्चुरी ग्रुपले गत जेठ २१ गते उद्योग विभागमा उक्त कम्पनी दर्ता गराएको हो ।

मोरङ जिल्लाको टंकीसुनवरीस्थित बुढीगंगा गाउँपालिकामा वडा नम्बर ३ मा स्थापना हुने उक्त उद्योगमा जमिनबाहेक १५ करोड रुपैयाँ लगानी हुनेछ । जमिनकोसहित हिसाब गर्ने हो भने ५० देखि ७० करोड रुपैयाँ लगानी हुन आउने मन्त्री दुगडले जानकारी दिए ।

उद्योगमा ९० जनाले रोजगारी पाउनेछन् । उक्त उद्योगले आफैं फलफूल तथा सागसब्जी उत्पादन गर्नेछ । त्यसका लागि २० देखि २५ बिगाह पूख्यौंली जमिनको प्रयोग गरिने उनले जानकारी दिए ।

यसरी उत्पादन गरिएका फलफूल तथा सागसब्जीलाई अत्याधुनिक प्रविधिको प्रयोग गरेर प्रसोधन गरी सेञ्चुरी लगायतका विभिन्न ब्राण्डका भान्सामा चाहिने वस्तुको उत्पादन गरी बिक्री वितरण गरिने छ ।

उद्योगले टोमाटो केचअप २०० मेट्रिकटन, फ्रुट जाम १२० मेट्रिकटन, कर्न फ्लेक्स ५०० मेट्रिकटन, रोस्टेड नट्स ३० मेट्रिकटन, अचार ५५० मेट्रिकटन उत्पादन गर्ने लक्ष्य लिएको छ ।

‘उद्योगले फलफुलका जुसदेखि सुकाएर बनाउने विभिन्न आइटम र भान्सामा चाहिने तरकारी लगायतका विभिन्न आइटम उत्पादन गर्छ,’ मन्त्री दुगडले भने, ‘हाम्रो उत्पादन पूर्णरुपमा अग्र्यानिक हुनेछ ।’

कृषिको ठूलो संभावना हुँदाहुँदै पनि नेपाल पछि पर्नु दुर्भाग्य भएको उल्लेख गर्दै उनले आफूहरु देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन लागि परेको बताए ।

‘हाम्रो सोच कृषि उपज वस्तुहरुमा देशलाई आत्मनिर्भर बनाउँदै निर्यात गरी नेपाली ब्राण्डलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनु हो,’ उनले भने ।

देशमा खाद्य पदार्थको अभाव हुन दिन नहुने उनको भनाइ छ ।

‘भान्सामा प्रयोग गर्ने अत्यावश्यक खाद्य सामाग्री विदेशबाट ल्याउन नपरोस् र त्यसको पूर्ति आफूहरुले गर्नुपर्छ भन्ने योजनाअनुसार काम गरिरहेका छौं,’ उनले भने ।

उद्योगको पूर्वाधार निर्माणको काम भइरहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार ००:००  १ : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping