प्रदेश सरकारको सहयोगमा पर्यटकीय मार्ग बन्दै    « Eglish Khabarhub

प्रदेश सरकारको सहयोगमा पर्यटकीय मार्ग बन्दै   


१४ कार्तिक २०७७, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीको प्रसिद्ध रौलाकेदार धाम जोड्ने पर्यटकीय सडक मार्ग निर्माण कार्य शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयले सो सडकका लागि रु २० लाख बजेट विनियोजन गरेर उपभोक्ता समितिमार्फत काम शुरु भएको हो ।

सुर्नया गाउँपालिकाको सनशेरीमाण्डौंँदेखि रौलाकेदारधामको सल्म्यासम्म सडक निर्माण गर्ने लक्ष्य रहेको सुर्नया गाउँपालिका वडा नं ४ का वडाध्यक्ष दिनेशप्रसाद भट्टले जानकारी दिए ।

बैतडीका प्रसिद्ध धार्मिकस्थलमध्ये केदारनाथ ज्योर्तिलिङ्गको रुपमासमेत रहेको रौलाकेदार धाम जोड्नका लागि पर्यटकीय सडक मार्ग निर्माण कार्य शुरु भएको हो । प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको रौलाकेदार धाममा पुग्न दर्शनार्थीलाई सजिलो होस् भनेर सडक निर्माण कार्य शुरु भएको उनले बताए ।

‘आस्थाको केन्द्र रौलाकेदारमा सडक पु¥याउनका लागि सडक निर्माण कार्य शुरु भएको छ । यसले धार्मिक पर्यटकलाई रौलाकेदारमा पुग्न सजिलो हुने विश्वास लिएका छौं,’ उनले भने ।

भगवान शिवका १२ ज्योर्तिलिङ्गमध्ये केदारनाथ ज्योर्तिलिङ्ग रौलाकेदार नै भएको जगद्गुरु वालसन्त मोहनशरण देवाचार्यले यसअघि नै बताइसकेका छन् ।  रौलाकेदारको महत्व बद्रीकेदार जत्तिकै रहेको र यो ठाउँमा पुग्ने सडक निर्माण गर्न सके धार्मिक पर्यटकलाई भित्रयाउन सकिने उनले बताए ।  उनले भने, ‘रौलाकेदार भनेको केदारनाथ ज्योर्तिलिङ्ग भनेर हामीले सम्झिनु पर्दछ । केदारनाथको दर्शन गर्नका लागि रौलाकेदार पुगे भइहाल्छ ।’

प्रचारप्रसार र रौलाकेदारसम्म पुग्ने सडक अहिलेसम्म नबन्दा रौलाकेदार धाम ओझेलमा रहेको भए पनि पर्यटकीय सडक मार्ग निर्माणले केही उत्साह थपिएको स्थानीय रामबहादुर महराले जानकारी दिए । उनले भने, ‘यो सडकले रौलाकेदारको दर्शन गर्न जानेको सङ्ख्या बढ्नेछन् ।’

रौलाकेदारमा श्रावणभर दर्शनार्थी जाने गरेका छन् भने कात्तिक शुक्ल अष्टमीका दिन जात्रा समेत लाग्ने गरेको छ । पर्यटन सडक निर्माणले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए । उनले भने, ‘पर्यटकीय क्षेत्रको विकास गरी पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ।’

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार ००:००  ४ : २१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping