अमेरिकी निर्वाचनमा बाजीको रेकर्ड ब्रेक, ५१ करोड अमेरिकी डलरभन्दा बढीको बाजी रहने अनुमान

अमेरिकी निर्वाचनमा बाजीको रेकर्ड ब्रेक, ५१ करोड अमेरिकी डलरभन्दा बढीको बाजी रहने अनुमान


विश्वको शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिकामा नोभेम्बर ३ तारिखमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । अमेरिकामा हुने निर्वाचन विश्वकै चासोको विषय बन्दै आएको छ ।

निर्वाचन नजिकिएसँगै निर्वाचनमा आउने परिणामलाई आँकलन गर्दै पक्ष विपक्षमा बाजी हान्ने क्रम शुरु भएको छ । बेलायतमा अमेरिकाको निर्वाचनलाई लिएर राखिएको बाजीले इतिहासकै रेकर्ड राख्ने देखिएको छ । बेलायतकै खेलकुद गतिविधि र राष्ट्रको राजनितिमाभन्दा अमेरिकाको चुनाबमा धेरै बाजी हानिएको छ ।

बाजी खेलाउने कम्पनी बेटफेयरका प्रवक्ता डारेन ह्युग्सका दिएको जानकारी अनुसार गत बुधबारसम्म नै २८४ मिलियन अमेरिकी डलर बराबरको बाजी हानिएको थियो । लण्डनस्थित बेटफेयर कम्पनी विश्वकै सर्वाधिक ठुलो बाजी खेलाउने कम्पनी मानिन्छ ।

अमेरिकीहरुले खेलकुदसम्बद्ध कार्यक्रममा कानुनीरुपमै बाजी राख्न सक्छन तर चुनाबी कार्यक्रममाथि बाजी राख्नु बेलायत र अमेरिकामा गैरकानुनी मानिन्छ ।

डोनाल्ड ट्रम्प र जोए वाइडनबीचको चुनाबी प्रतिस्पर्धालाई लिएर राखिएको बाजीले यसअघिका रेकर्ड तोडेको छ । ट्रम्प र क्लिन्टनबीचको चुनाबी प्रतिस्पर्धामा १९९ मिलियन युरो बराबरको बाजी राखिएको थियो । बेलायतको इतिहासमा सबैभन्दा धेरै बाजी सन् २०१६ को बेक्जिट भोटमा खर्च गरिएको थियो । उक्त भोटलाई लिएर ११३ मिलियन पाउण्ड स्टर्लिङ बराबरको बाजी राखिएको थियो ।

बेटफेयरले अमेरिकी निर्वाचनमा ४०० मिलियन पाउण्ड स्टर्लिङ अर्थात ५१७ मिलियन डलरभन्दा धेरैको बाजी राखिने आँकलन गरेको छ ।

बाजी राख्ने प्रक्रिया स्पष्ट रुपमा विजेता घोषणा नहोउन्जेज चालु रहने बेटफेयरले जनाएको छ ।