चीनले आफ्नो देशका सबैभन्दा धनी व्यक्ति ज्याक मा उनको कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूलाई सेवा विस्तारको विषयमा कडा चेतावनी दिएको छ ।
चीनले यो कदमले ज्याक माको कम्पनीलाई नै प्रतिबन्ध लाग्न सक्ने छ । चीनले विशेष गरी सबैभन्दा ठूलो आईपीओको कारण नियामन जोखिम बढाउने चेतावनी दिएको छ । आईपीओको ट्रेडिंग मिति नजिक आउन थाल्दा चीनले ज्याक मालाई यस्तो चेतावनी दिएको हो ।
एन्टका सहसंस्थापक तथा चीनको सबभन्दा शक्तिशाली व्यापारी ज्याकलाई चीनको केन्द्रीय बैंक र तीन अन्य वित्तीय नियामकहरूले बोलाएका थिए । त्यसपछि ज्याक माले सोमबार केन्द्रीय बैंक र अन्य नियामक निकायसँग छलफल गरेका थिए । यद्यपि यस बैठकमा छलफल गरिएको जानकारी खुलाइएको छैन। यस मामिलासँग जानकार स्रोतलाई दाबी गर्दै आएको समाचारमा ज्याक माको कम्पनीमाथि नियामकको छानबिन हुन सक्छ । अरु प्रतिबन्धित समेत लाग्न सक्छ ।
लगानीकर्ताहरुका अनुसार नयाँ नियमहरु चीनमा एएनटी समूहमा लागू हुन सक्छ। तर, इतिहासको सब भन्दा ठूलो शेयर बजार डेब्युमा यसले कुनै असर पार्ने छैन। एन्ट समुहले ३५ अर्ब डलरको सब भन्दा ठूलो आईपीओ ल्याएको छ। जसमा ३ ट्रिलियन डलरको आवेदन परेको थियो ।
सानफोर्ड सीका बर्नस्टेन विश्लेषक काभिन क्विकले एक नोटमा एनसेन्ट समूहको लागि नियामकले राखेको चासोले लििस्टिंगमा लगातार नकारात्मक प्रभाव पार्ने बताउँछन् । तर,अधिकांश लगानीकर्ता एएनटीको सकारात्मक लग(टर्म प्रस्पेक्टसमा आशावादी रहेपनि नियामकको हस्तक्षेपमको कारण आफ्नो धारणामा पुनर्विचार गर्न सक्ने बताउँछन् ।
एसआरसीले वीबोमा जारी विज्ञप्तिमा एन्ट अध्यक्ष एरिक जि र प्रमुख कार्यकारी साइमन ह्यु पनि चीनको केन्द्रीय बैंक, चाइना सिक्युरिटीज नियामक आयोग र विदेशी विनिमय प्रशासनसँगको भेटमा ज्याक मासँगै उपस्थित भएको जनाएका छन् । एन्ट समूहले एक विज्ञप्ति जारी गरेको नियामकको निर्देशन कार्यान्वयन गर्ने जनाएको छ ।
एन्ट ग्रुपको सेयर लिस्टिङ हङकङ र संघाई स्टक एक्सचेन्जमा नोबेम्बर ५ मा हुने पूर्व निर्धारित योजना छ ।ऐजेन्सीको सहयोगमा