अहिलेसम्मकै धेरै आईपीओ ल्याउन लागेको इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा मंसिरमा « Eglish Khabarhub

अहिलेसम्मकै धेरै आईपीओ ल्याउन लागेको इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा मंसिरमा



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मंसिर ३ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ ।

उक्त साधारणसभामा ८ अर्ब रुपैयाँ आईपीओ ल्याउने विशेष समेत रहेको छ । बैंकले चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेकोमा ८ अर्बको आईपीओ आएपछि बैंकको पुँजी २० अर्ब पुग्नेछ ।

उक्त साधारणसभामा आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्नुपरे त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।

सभाले आर्थिक वर्ष २०७६–७७ को सञ्चालक समितिको प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गर्ने छ । साधारणसभा बानेश्वरमा दिउसो ४ बजे सुरु हुनेछ । यो साधारणसभा कोरोनाका कारण अनलाइनबाट हुने छ । त्यसको लागि बैंकले लिंक र पासवर्ड दिने छ ।

Publish on: