काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू दोस्रो पटक फेरि राष्ट्रपति भइसकेको दाबी गर्दै धाँधली शुरु गरेको बताएका छन् ।
निर्वाचनको सम्पूर्ण परिणाम नआउँदै सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘मैले चुनाव जितिसकेको छु, तर हराउनका लागि धाँधली शुरु भएको छ । त्यसैले अब मतगणना रोक्न माग गर्दै सर्वोच्च अदालत जाँदैछु ।’
यो समाचार तयार पार्दा ट्रम्पले २१३ इलेक्ट्रोल भोट हात पारेका छन् भने अर्का प्रत्यासी जो वाइडेनले २२३ इलेक्ट्रोल भोट हात पारेका छन् । जितका लागि २७० इलेक्ट्रोल भोट चाहिन्छ । साथै अधिकांश सिटमा ट्रम्पले अग्रता लिइरहेका छन् ।
ट्रम्पले जित सुनिश्चित भएको भन्दै धेरैलाई जित मनाउनका लागि आग्रह गरिसकेका छन् ।
SHARE YOUR THOUGHTS