कुनै गलत विवरण तयार पारेर नागरिकले जम्मा पारेको निक्षेपलाई ऋणको रुपमा दिन बैंक तथा वित्तीय संस्थाले के कति मात्रामा प्रयास गरेका होलान ? आम मानिसको प्रश्न रहने गरेको छ । मानिसहरुमा यस प्रकारको चासो समेत रहने गरेको छ ।
नेपालमा पनि बेला बेलामा यस्ता ऋणका विषयमा चर्चा हुने गरेको छ । भारतमा पनि पछिल्लो समय यस्तै भएको छ । गलत विवरण तयार पारेर ऋण दिएको अभियोगमा आइसिआइसिआइ बैंक, भिडियोकनलाई त्यस्तै प्रकारको अभियोगमा उजुरी दर्ता भएको छ ।
प्रवर्तन निर्देशनालयले चन्दा कोचर र उनका पतिलगायत ७ जना विरुद्ध अभियोगपत्र दर्ता गरेको छ । चन्दा कोचर सो बैंकको प्रमुख कार्यकारी अधिकृत रहेको समयमा १८७५ करोड बराबरको कर्जा दिइएको थियो ।
बैंकको नीति विपरित कर्जा दिइएको आरोपमा कारवाहीको माग गर्दै मुद्दा दर्ता गरिएको हो । प्रवर्तन निर्देशनालयले बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत चन्दा कोचर, उनका पति दीपक कोचर तथा भिडियोकन समूहका लगानीकर्ता वेणुगोपाल धूत विरुद्ध मनी लन्ड्रिङ गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ । सो मामिलामा अन्य ७ जना विरुद्ध समेत अभियोग लगाइएको छ ।
जानकारी अनुसार उक्त अभियोग मुम्बईको एक अदालतमा दर्ता गरिएको छ । सो मामिलामा दीपक कोचरलाई गत सेप्टेम्बरमा गिरफतार गरिएको थियो । केन्द्रीय जाँच व्यूरोले अभियोग दर्ता गर्ना साथ चन्दा कोचर र उनका पति दीपकलाई आपराधिक गतिविधि गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । मुम्बई अदालतले सो मुद्दालाई अब ११ नम्बरमा सुनुवाई गर्ने भएको छ ।
समाचार स्रोतहरुका अनुसार उक्त बैंक र भिडियोकन समूहले १८७५ करोड बराबरको ऋण ६ पटक गरेर लिएको थियो । उक्त कर्जा २००९ को अक्टोबरदेखि सन् २०११ को बीचमा लिइएको थियो ।
बैंकको नीति विपरित गएर ऋण लिएको वा दिएको भन्दै विगतदेखि नै मुम्बईमा हल्ला हुने गरेको थियो । सो सम्बन्धी विषयमा अदालतमा प्रमाण समेत पेश भएपछि उनीहरलाई पक्राउ गरिएको थियो ।
जानकारी अनुसार सो मामिलामा मुद्दा दर्ता गर्ने निकायले यसै वर्षको जनवरीदेखि नै कोचर परिवारको सम्पत्ति समेत रोक लगाएको थियो । त्यसमा दक्षिण मुम्बईमा रहेको उनीहरुको एक अर्पाटमेन्ट समेत रहेको छ ।
सो अर्पाटमेन्टको मूल्य मात्रै ७६ करोड भारतीय रुपैयाँ बराबरको रहेको छ । हिरासतमा रहेको बेला कोचरले दिल्ली उच्च अदालतमा याचिका समेत दाखिला गरेका थिए । मनी लन्ड्रिङको विषयलाई खारेज गर्न उनले माग गरेका थिए । उनले आफनो गिरफतारीलाई समेत कानून विपरित बताएका थिए ।
जानकारी अनुसार भिडियोकन समूहको ५ कम्पनीले आइसिआइसिआई बैंकबाट २०१२ को अप्रिलमा ३२५० करोड बराबरको कर्जा लिएको थियो । सो समूहले कुल कर्जाको ८६ प्रतिशत अर्थात् २८१० करोड बराबरको ऋण तिरेका छैनन् ।
त्यसपश्चात् सन् २०१७ मा सो कर्जाको विषयमा के भएको हो भन्दै विभिन्न निकायले चासो समेत व्यक्त गरेका थिए । कर्जा स्वीकृत गर्दा चन्दा कोचर सहभागी थिइन् ।
जानकारी अनुसार भिडियोकन समूहका एमडी वेणुगोपाल धूतले दीपक कोचरको कम्पनी न्यूपावर रिन्यूएबल्समा पैसा लगाएको बताइएको छ । पत्नी प्रमुख कार्यकारी अधिकृत रहेको बैंकबाट ऋण लिने र पतिको कम्पनीमा पेसा लगाउने विषय आफैमा शंकास्पद रहेको बताइएको छ । सोही कारण उनीहरु विरुद्ध मुद्दा दर्ता गरिएको हो । विभिन्न समाचार एजेन्सी
SHARE YOUR THOUGHTS