काठमाडौं । सेयर दालालहरुको छाता संगठन ब्रोकर एसोसिएशन अफ नेपालको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत निर्वाचित हुनेभएका छन् ।
बिहीबारका लागि तोकिएको निर्वाचन कार्यतालिका अघि नै कार्यसकमिति चयन भएको हो ।
भोलि शुक्रबार हुने साधारणसभाले मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्ने भएको छ । साधारणसभा भर्चुअल हुनेछ ।
कार्यसमितिको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणानिधि भुसाल, सचिवमा रणदेव पन्त, कोषाध्क्षमा भक्तिराम घिमिरे र ५जनामा
रवीन्द्र श्रेष्ठ,फणीन्द्र ढकाल, सुयोग खनाल, मित्रलाल श्रेष्ठ र मदन पौडेल छन्।
कार्यसमिति सदस्य निर्विरोध चयन भएको घोषणा गर्नेछ । मैनाली ब्रोकर नम्बर ३६ सेक्योक्योर्ड सेक्युरिटका सञ्चालक हुन् ।
‘कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनदर गर्दै सर्वसम्मतिको प्रयास गरिएको हो,’ एसोसिएशनका अध्यक्ष भरत रानाभाटले क्लिकमाण्डूसँग भने, ‘निर्वाचन मण्डलले हाम्रो कार्यसमितिमा भएको सहमतिलाई निर्वाचन मण्डलले भोलि अनुमोदन गर्नेछ ।’
SHARE YOUR THOUGHTS