२९ मंसिर २०८२, आइतबार

नबिल बैंकले ल्यायो तिहारमा पनि कोरोनाको सन्देशमुलक भिडियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दशैंमा जस्तै नविल बैंकले तिहारमा पनि सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ । कोरोना महामारीले आक्रान्त समाजलाई ढाडस दिनेगरी बैंकले सन्देशमुलक भिडियो आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेको हो ।

‘सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनको लागि नबिल बैंकले तिहार भिडियो सार्वजनिक गरेको हो,’ बैंकका संस्थागत सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले भने, ‘आम सर्वसाधारणले भिडियोलाई अत्याधिक रुचाएका छन् ।’

बुधबार साँझ पोस्ट गरिएको भिडियो बिहीबार विहान साढे ११ बजेसम्ममा ५ लाख ३० हजार पटक हेरिसकिएको छ ।

नविल बैंकले बनाएको त्यो भिडियो, जसले अनिल शाहकी छोरीलाई रुवायो

नबिल बैंकले दशैंको बेला पनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो, जसलाई सबैले धेरै मनपराएको थियो ।

उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनस“ग मेल राख्न गएकोले उक्त भिडियोले लाखौंको मन छुन सफल भयो । बैंकको फेसबुक, युटुब, इन्ष्टाग्राम, टुईटर, लिंक्डइन कुल १३ लाख दर्शकहरुले उक्त भिडियो हेरेका थिए ।

‘तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिकरुपमा भन्दा भावनात्मकरुपका नजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ,’ सुवेदीले प्रष्ट पारे, ‘भिडियोले डिजिटल भुक्तानी गर्नुपर्छ भन्ने प्रष्ट सन्देश पनि दिएको छ ।’