डिशहोममा बलिउड चलचित्र ‘सुरज पे मंगल भारी’ हेर्न सकिने « Eglish Khabarhub

डिशहोममा बलिउड चलचित्र ‘सुरज पे मंगल भारी’ हेर्न सकिने



काठमाडौं । नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले संचालन गरिरहेको छ ।

कात्तिक ३० गते रिलिज हुने चलचित्र ‘सुरज पे मंगल भारी’ पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् ।

यो चलचित्र सिनेमा घर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ६ सो बिहान ७ र १० बजे दिउँसो १ र ४ बजे, साँझ ७ र राती १० बजे हेर्न सकिन्छ ।

चलचित्र ‘सुरज पे मंगल भारी’ हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार खुलाउन सकिन्छ ।

या डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा MOD999 आफ्नो CAS ID हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाउन सकिने छ ।

Publish on: